शरद अमेरिका विरुद्ध खेल्न नसक्ने

आईसीसी विश्वकप लिग २ अन्र्तगत नेपालले शनिबार अमेरिकासँग खेल्दै छ । पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको नेपाललाई यो खेल जित्नै पर्ने छ । तर खेल अघि नेपाली टिमलाई भने ठूलो धक्का लागेको छ ।

क्यानका एक पदाधिकारीका अनुसार  नेपाली टिमका  ब्याट्सम्यान शरद भेषावकर खेल्न नसक्ने भएका छन् । घाइते भएका उनलाई एमआरआई गरेपछि १० दिन रेस्ट गर्न चिकित्सकले सल्लाह दिएका थिए । शरदले ओमानविरुद्ध नेपालका तर्फबाट अर्धशतक बनाउँदै टिमको स्कोर उकासेका थिए । तर उनी आउट भएसँगै नेपालको आशा पनि समाप्त भएको थियो ।

शरदका दाजु महेन्द्र भेषावकरको निधन हुँदा उनी काजकिरियमा बसेका थिए । जसका कारण कम्मर मुनीको भागमा समस्या देखिएको थियो । शरद घाइते भएसँगै उनको ठाउँमा सुवास खकुरेलले मौका पाउने  छन ।

राष्ट्रिय टिमको बैकल्पिक खेलाडीको रुपमा रहेका सुवासलाई राखिने भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest