ओमानको लगातार दोस्रो जित

आईसीसी विश्वकप लिग २ क्रिकेटमा ओमान ६ विकेटले विजयी भएको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा अमेरिकाले दिएको २१४ रनको लक्ष्य पछ्याएको ओमानले ४ विकेट गुमाएर ४९.३ ओभरमा लक्ष्य पुरा गरेको हो ।

ओमानको यो लगातार दोस्रो जीत हो । यसअघि बुधबार नेपालाई पराजित गरेको थियो । लक्ष्य पछ्याउने क्रममा ओमानका अकिब इलियसले सर्वाधिक ७२ रन बनाएका थिए ।

यसैगरी मोहम्द नदीमले नट आउट ५५ रन बनाउँदा खवर अलि ३१ रनमा आउट भए । यसैगरी नेपाली मुलका ओमानका खेलाडी सुरज कुमारले पनि ३० रनको अविजित पारि खेले ।

पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सवै विकेट गुमाएर २१३ रन बनाएको थियो । अमेरिकाका लागि इयन होल्याण्डले ६५ रन बनाउँदा अक्ष होमराजले ४४ रन बनाएका थिए ।

यस्तै मोनाक पटेलले १९ रन बनाउँदा ओमानका मोहम्मद नदीमले सर्वाधिक ३ विकेट लिएका थिए । प्रतियोगिता अन्तर्ग शुक्रबार कुनै पनि खेल हुने छैन । शनिबार नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest