चितवन प्रिमियर लिगको उपाधि राप्तीले जित्याे

चितवन प्रिमियर लिगको उपाधि राप्ती र्यापिड्सले जितेको छ । फाइनलमा सौराहा स्यान्ड्सलाई आठ विकेटले हराउँदै पहिलो संस्करणको च्याम्पियन बन्यो ।

नारायणगढ स्थित क्याम्पाचौरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सौराहाले निर्धारीत २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३९ रन बनायो । उसका लागि राजेश ढकालले अर्धशतकीय पारी खेले । उनले ४८ बलमा सात चौका र एक छक्काको मद्दतमा ५१ रन बनाए ।

यस्तै प्रशान्त महतले ३६ रन बनाए । यसका साथै रित गौतमले १९ र पवन थापाले ११ रन थपे । बलिङमा राप्तिका लागि कमल थापाले दुई विकेट लिए ।

जवाफमा राप्तीले १७ ओभर तीन बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका लागि आकाश थापाले उत्कृष्ट ब्याटिङ गर्दै ७४ रन बनाए । जसमा उनले ५७ बलमा १ण् चौका र दुई छक्का प्रहार गरे ।

यस्तै सागर ढकालले ३२ रन बनाए भने हरी चौहानले १८ तथा भिम शार्कीले ११ रन थपे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest