Cricnepal.com
Saturday, January 16, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

अमेरीकासँग जितकाे लक्ष्यमा नेपाल

by cricnepal.com Staff
February 7, 2020 - Updated on February 9, 2020
0

आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेपालले भोली अमेरीका विरुद्ध खेल्दैछ । यो खेल नेपालका लागि प्रतिण्ठासँग जोडिएको खेलपनि रहेको छ । यो प्रतियोगितामा सबै भन्दा रमाईलो खेलका रुपमा हेरिएको अमेरीका र नेपालको खेल सबै दर्शकले कुरेर बसेका छन ।

सन् २०१० पछि पहिलो पटक नेपाली भूमीमा खेल्न आएको अमेरीका पहिलो खेलमा ओमानसँग पराजित भएको थियो । नेपाल पनि ओमानसँग नै १८ रनल हारेको थियो । नेपालको कमजोर ब्याटिङ हुँदा पहिलो खेलमा हार भोग्न बाध्य भएको थियो । अब नेपालले शनिबार अमेरीका विरुद्धको खेलमा जित निकाल्दै फेरी कमब्याक गर्ने योजनामा रहेको छ ।

एसोसियट क्रिकेटमा नेपाल र अमेरीका चिरप्रतिद्धन्द्धी हुन । सन् २००८ देखि विभिन्न प्रतियोगितामा खेल्दै आएका नेपाल र अमेरीकामा पल्ला भारी नेपालको रहेको छ । कुनैपनि प्रतियोगितामा अघिल्लो चरणमा पुग्न नेपालले धेरैजसो प्रतियोगितामा अमेरीकालाई सिकार बनाएको छ ।

सन् २०१० मा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन ५ मा कीर्तिपुर मैदानमा नै सफलता हात पारेर डिभिजन चारमा उक्लिएको थियो । सो प्रतियोगितामा फाइनलमा नेपालसँग ५ विकेटले पराजित भएपछि सिंगापुर भन्दा रनरेटमा अगाडी रहँदै उसले डिभिजन चारमा स्थान बनायो ।
त्यसपछि अमेरीकी क्रिकेट टिममा ठुलो उताडचडाव आयो ।

अमेरीकामा क्रिकेट खासै महत्वको खेल नहुँदापनि विभिन्न देशबाट आप्रवासीका रुपमा भित्रिएका क्रिकेट प्रेमीको लगाव र केहि सरकारी पक्षको सहयोगमा अमेरीकामा क्रिकेट बोर्डले निरन्तर काम गर्न थाल्यो । डिभिजन चारमा उक्लिएपछि २०१० मा नै भएको डिभिजन थ्रीमा इटलीलाई हराउँदै डिभिजन ३ मा पुग्यो । तर २०११ मा भएको डिभिजन थ्री मा पुछारमा रहदै फेरी डिभिजन चारमा नै पुग्यो । सो बेला नेपाल तालिकाको तेस्रो स्थानमा रहेको थियो ।

२०१२ मा भएको डिभिजन चारमा नेपाल र अमेरीकाले डिभिजन चार खेलेका थिए । जसमा नेपाल विजेता बन्दा अमेरीका दोस्रो भएको थियो । त्यसपछि फेरी नेपाल र अमेरीका २०१३ मा बर्मुडामा भएको डिभिजन थ्रीमा खेल्दा नेपाल च्याम्पियन भएर डिभिजन दुई मा उक्लियो । तर अमेरीका भने डिभिजन तीनमा नै रह्यो । सो प्रतियोगितामा अमेरीका तेस्रो भएको थियो ।

२०१४ मा भएको डिभिजन थ्री मा भने अमेरीका फेरी रेलिगेट भएर डिभिजन चारमा नै पुग्यो । २०१५ मा जुन २६ तारिखमा अमेरीकी क्रिकेट आइसीसीको प्रतिबन्धमा पर्यो । तर बोर्ड प्रतिबन्धमा परेपनि खेलाडीलाई खेल्न पाउने अधिकार आइसीसीले दियो । यहि अवस्था नेपालका लागि पनि लागु भएको थियो । नेपाल क्रिकेट संघ प्रतिबन्धमा पर्दा राष्ट्रिय खेलाडीले भने खेल्न पाएका थिए ।

२०१६ मा भएको डिभिजन चार मा अमेरीका दोस्रो स्थानमा रहदै थ्री मा उक्लियो । तर सो प्रतियोगितामा तेस्रो भएपछि न घटुवा भयो न बटुवा भयो । यो बेलासम्म नेपाली क्रिकेट टिम डिभिजन दुईमा पुगेर आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलिरहेको थियो ।

२०१७ मा अमेरीकी क्रिकेटमा नयाँ कार्यसमिती गठन भयो । जसका कारण यूएसए क्रिकेट भनेर बोर्ड गठन भयो । जुसलाई आइसीसीले नयाँ सदस्यता प्रदान गर्यो ।

२०१८ मा अमेरीका विश्व क्रिकेट लिग दुईमा बुढवा भयो । सिंगापुरमा भएको प्रतियोगितामा उसले ऐतिहासिक सफलता हात पार्यो । यसपटक अमेरीकी क्रिकेट टिमको प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दशानायके रहेका थिए । नेपाललाई ऐतिहासिक सफलता दिलाएका पुबुदुले अमेरीकालाई पनि नयाँ उचाईमा पुर्याए । डिभिजन दुई मा शिर्ष चारमा रहेपछि अमेरीकाले विश्वकप क्रिकेट लिग दुई खेल्ने मौका पायो ।
जुन २०२२ को विश्वकप क्रिकेटको छनोटको ढोका खोल्नेछ । यसैका लागि अमेरीका पुरानो रणमूभीमा खेल्न आउँदैछ ।

यसअघिको अमेरीकी टिम र अहिलेकोमा निकै भिन्नता छ । यसपटक अमेरीकी टिममा अष्ट्रेलिया, इंग्ल्याण्ड, वेष्ट इन्डिजका खेलाडीको बाहुल्यता रहेको छ । उसले अहिलेसम्म खेलेका आठ खेलमा अमेरीकाका मुख्यगरि दुई खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको छ । जसमा आरोन जोन्स र मोनांक पटेल रहेका छन । यी दुई खेलाडी जारी प्रतियोगितामा धेरै रन बनाउने खेलाडीको सूचीमा शिर्ष १० मा रहेका छन । जोन्स दोस्रो स्थानमा छन भने पटेल आठौं स्थानमा छन ।

जोन्सले आठ खेलमा तीन सय ४६ रन बनाएका छन । जसमा उच्च स्कोर ९५ रन रहेको छ । उनले अहिलेसम्म तीन वटा अर्धशतक बनाएका छन । यस्ते पटेलले आठ खेलमा दुई सय २१ रन बनाएका छन । जसमा उनले पछि दुई वटा अर्धशतक हिर्काएका छन ।

यस्तै अर्का डरलाग्दा खेलाडी स्टेभेन रायन टेलर छन । अलराउण्डर टेलरले ब्याटिङमा एक सय ८२ रन बनाएका छन भने बलिङमा ८ विकेट लिएका छन ।

नेपाली भूमीमा पनि राम्रो नतिजाको अपेक्षा गरिरहेको अमेरीकी टिम मुख्य गरि चार खेलाडीमा भर परेको छ । हाल अभ्यासका लागि भारतमा रहेको अमेरीकी टिम ब्याटिङमा त्यस्तो बलियो देखिएको छैन । कीर्तिपुर मैदानमा पनि अमेरीकालाई खेल्न त्यति सजिलो भने हुने छैन ।

यसपटक टिममा रहेका रोस्टी थोरनले नेपाली टिमसँग खेलिसकेका खेलाडी हुन । पारस खड्का सहितका ६ खेलाडी अमेरीकामा टु एक्स क्रिकेट खेल्न जाँदा थोरनपनि नेपाली राइनोज टिमबाट खेलिसकेका छन ।

उनी एक विस्फोटक ब्याट्सम्यानका रुपमा रहेका छन । ब्याटिङलाइनअपको अन्तिम तिर आउने उनी टिमले चाहेको बेला विस्फोटक पारी खेल्न सक्छन ।

Tags: Nepal Men

सम्बन्धित समाचार

राष्ट्रिय टिमको जर्सीको प्रायोजन अधिकार विक्रि

नेपालकाे खराव ब्याटिङ, हङकङसँग ४३ रनले पराजित

हङकङले नेपाललाई १५५ रनको लक्ष्य

एसीसी इस्टर्न रिजन टी २० मा मलेसियासँग नेपालको हार

नेपालले मलेसियाबाट एक सय ५५ रनको लक्ष्य पायाे

मलेसिया विरुद्ध नेपाल बलिङमा

Load More
Next Post

स्पाेट फिक्सिङका कारण पाकिस्तानी पूर्व खेलाडी जेलमा

आयरल्याण्ड विरुद्धको तीन टी २० खेलका लागि अफगानिस्तानले टिमको घोषणा

Discussion about this post

मुख्य समाचार

पीएम कपमा आर्मीले गण्डकी लाई ९८ रनले हरायाे

आर्मीले गण्डकी प्रदेशलाई दुई सय ८८ रनको लक्ष्य

भारत र अष्ट्रेलियाकाे चौथो टेस्ट खेल शुरु, अष्ट्रेलिया टस जितेर ब्याटिङमा

January 15, 2021
Match 1
NAC
287/6
Gandaki
189/10
Nepal Army won by 98 runs
Scorecard | Series Home
January 3, 2021
Final
PRO1-W
105/4
APF-W
99/7
PRO-1 Women won by 6 runs
Scorecard | Series Home
January 2, 2021
2nd Semi-final
LUM-W
52/10
PRO1-W
55/0
PRO-1 Women won by 10 wickets (with 67 balls remaining)
Scorecard | Series Home
1st Semi-final
SUD-W
60/7
APF-W
61/1
APF Women won by 9 wickets (with 6 balls remaining)
Scorecard | Series Home
December 31, 2020
Match 12
PRO1-W
147/1
GAN-W
7/10
PRO-1 Women won by 140 runs
Scorecard | Series Home
Match 11
SUD-W
76/4
BAG-W
48/9
Sudur Paschim Province Women won by 28 runs
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal