स्पाेट फिक्सिङका कारण पाकिस्तानी पूर्व खेलाडी जेलमा

पाकिस्तानका पुर्व ब्याट्सम्यान नासिर जम्सेदलाई स्पोट फिक्सिङको आरोपमा जेल सजाय भएको छ ।

नासिरसँगै युसेफ अनवार र मोहम्मद इजाजसहित गत वर्षको फेब्रुअरीमा स्पोट फिक्सिङको आरोपमा पक्राउ परेका थिए । जमसेद माथि गत सिजनको पाकिस्तान प्रिमियर लिगमा फिक्सिङ गरेको आरोप थियो । उनले अन्य ब्याट्सम्यानलाई समेत केही बल स्कोर नगर्न उक्साएका थिए । जसका बापत् उनीहरुलाई ३० हजार युरो दिने प्रलोभन दिइएको थियो ।

क्रिकेटको नियम विपरीत काम गरेको र पैशा अनाधिकृत रुपमा कमाउन खोजेको भन्दै तीनै जनालाई जेल सजाय भएको हो । उनीहरुले सन् २०१६ मा अन्तिममा बंगलादेश प्रिमियर लिगमा पनि फिक्सिङ गर्न खोजेको खुलासा भएको छ । तर उनीहरुको प्रयास पिएसएलमा संभव भएको थियो ।

पाकिस्तान प्रिमियर लिग अन्तर्गत इस्लामावाद युनाइटेड र पेशावार जाल्मी विचको खेलमा यो फिक्सिङ भएको थियो । दुबईमा भएको खेलमा भएको यो घटनाको विस्तृत अध्ययन पनि उनीहरुलाई जेल चलान गरिएको हो । उनीहरुलाई १७ महिनाको जेल सजाय हुनेछ । यो घटनाका बारेमा तीन जनाले गत डिसेम्बरमा आफु निर्दोश रहेको बताएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest