आयरल्याण्ड विरुद्धको तीन टी २० खेलका लागि अफगानिस्तानले टिमको घोषणा

आयरल्याण्ड विरुद्धको तीन टी २० खेलका लागि अफगानिस्तानले टिमको घोषणा गरेको छ । जसमा तिब्रगतिका बलर सापुर जार्दनले कमब्याक गरेका छन ।

सन् २०१८ को जुनमा अन्तिम पटक राष्ट्रिय टिमबाट खेलेका उनले १५ खेलाडीको सूचीमा आफुलाई अटाएका छन । घरेलु प्रतियोगितामा राम्रो गरेपछि उनले राष्ट्रिय टिममा कमब्याक गरेका हुन ।

यस्तै गत बर्षको फेब्रेवरीबाट राष्ट्रिय टिममा नपरेका उस्मान घानीले पनि कमब्याक गरेका छन । यस्तै अफगानी टिममा १९ बर्षे अज्मातुल्लाह ओमारजायीले पहिलो पटक स्थान बनाएका छन ।

अलराउण्डर अज्मातुल्लाहले यो सिरीजमा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्नेछन । यस्तै विग ब्यास लिगमा होबर्ट हुरिकेन्सबाट खेलेका क्वेस अहमेदले पनि अन्तराष्ट्रिय टी २० मा डेब्यु गर्ने भएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest