नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य

आईसीसी विश्वकप लिग २ मा नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले इनिङ समाप्तिको चार बलअघि अलआउट हुँदै १९० रन बनाएको थियो ।

खराब सुरुवात गरेको नेपालको इनिङमा कुशल मल्ल र विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरे । पाँच विकेट जाँदा ४९ रनको धरासायी अवस्थामा रहेको नेपालका लागि विनोद र कुशलले ८४ रनको साझेदारी गरेका थिए ।

त्यसअघि ओपनर सुवाष खकुरेल तीन रन, ज्ञानेन्द्र मल्लले २१ रन, पारस खड्काले १९ रनको योगदान दिए । त्यसपछि दिपेन्द्र सिंह ऐरी डकआउट हुँदा आरिफ शेखले पनि दुई रनभन्दा बढीको योगदान दिन सकेनन् ।

त्यसपछि कुशल मल्लले ५१ बलमा ५० रनको अर्धशतकीय योगदान दिए । उनी एक दिवशीय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड समेत बनाउन सफल भए ।

त्यसपछि करण केसी १२ रन र सन्दिप लामिछाने खाता खोल्न नपाउँदै आउट भएका थिए । विनोदले ७९ बलमा ५९ रनको योगदान दिएर रस्टी थेरनको बलमा अक्षय होमराजबाट क्याच आउट भए । सुशन भारीले ११ रन बनाए ।

बलिङतर्फ क्यामरुन स्टेभेन्सनले तीन विकेट लिँदा रस्टी थेरन र सौरभ नेत्राभाल्करले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest