कुशल मल्लले डेब्यु विकेट लिन सफल भएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अमेरिकाविरुद्ध डेब्यु गरेका कुशलले ब्याटिङबाट नेपालको इनिङ उकासेका थिए ।
ब्याटिङ तर्फ अर्ध शतक प्रहार गरेका कुशलले बलिङमा पनि डेब्यु विकेट लिन सफल भए ।
एलमोर हुचिनसनलाई आउट गर्दै कुशलले डेब्यु विकेट आफ्नो नाममा बनाए । एलमोर ३ रनमा बोल्ड आउट भएका हुन् । कुशलले लिएकाे विकेटसँगै नेपालले साताैं सफलता हात पारेकाे छ ।
Discussion about this post