नेपाल र ओमान भिड्दै

विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवशीय सिरिजमा नेपालले तेस्राे खेलमा ओमानसँग प्रतिस्पर्धा गर्देछ ।

किर्तिपुर स्थित टियु मैदानमा हुने खेल विहान साढे नौ बजे सुरु हुनेछ । ओमान विरूद्धकाे खेलबाट याे सिरीजमा सुरूवात गरेकाे नेपाल पहिलाे खेलमा नै १८ रनले पराजित भएकाे थियाे ।

सात एकदिवशीय र एक लिस्ट ए मा प्रतिस्पर्धा गरेको नेपालले तीनमा जीत र पाँचमा हार बेहोरेको थियो । टि ट्वान्टी विश्वकपमा स्थान बनाएको ओमान विरुद्ध नेपालले सन २०१३ यता जीत विहिन छ । त्यसैले नेपाल ओमान विरुद्ध उत्रदा सात वर्ष पछि जीत हात पार्ने लक्ष्यमा हुनेछ ।

लिग टु मा ६ खेल खेलेको ओमान चार अंकका साथ तालिकाको दाेस्राे स्थानमा छ । अमरीका शिर्ष स्थानमा हुँदा समान अंक भएपनि रनरेटमा अाेमान दाेस्राे स्थानमा छ । 

जारी प्रतियाेगितामा लगातार २ खेलमा जित निकालेकाे ओमान अाफ्नाे जितकाे यात्रालाइ कायम राख्न चाहन्छ । उसले अमेरीकालाइ पनि ६ विकेटले हराएकाे थियाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest