एकदिवसीय क्रिकेटमा मल्लको दोस्रो अर्धशतक

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीय क्रिकेटमा दोस्रो अर्धशतक बनाएका छन् । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ज्ञानेन्द्रले ओमानविरुद्ध अर्धशतक बनाएका हुने ।

उनले ७० बलमा अर्धशतक पुरा गरे । ज्ञानेन्द्रले पहिलो अर्धशतक नेदरल्याण्ड्सविरुद्ध प्रहार गरेका थिए । टस हारेर ब्याटिङ गरेको नेपालले सम्हालिएर प्रदर्शन गरिरहेको छ ।
तीन विकेट गुमाएको नेपालले १२२ रन बनाइसकेको छ । क्रिजमा अहिले ज्ञानेन्द्र र आरिफ शेख छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest