एक दिवशीय अन्तर्राष्ट्रियमा नेपालको दोस्रो सर्वाधिक योगफल, ओमानलाई २५० रनको लक्ष्य

आईसीसी विश्वकप लिग टू अन्तर्गत ओमानविरुद्धको दोस्रो खेलमा नेपालले २५० रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा आठ विकेट गुमाउँदै २४९ रन बनाएको थियो ।

अन्तर्राष्ट्रिय एक दिवशीय खेलमा नेपालको यो सर्वाधिक ठूलो योगफल हो । अघिल्लो वर्ष युएईविरुद्धको खेलमा नेपालले २५५ रनको योगफल तयार पारेको थियो, जुन स्कोर नेपाली क्रिकेटको इतिहासमा सर्वाधिक योगफल थियो ।
अघिल्ला दुई खेलको तुलनामा आज नेपालका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरे । दिपेन्द्र सिंह ऐरीबाहेक सबै ब्याट्सम्यानले दोहोरो अंकको रन जोडे ।

सुवाष खकुरेल र ज्ञानेन्द्र मल्लले नेपालको ओपनिङ गरेका थिए । पहिलो विकेटका लागि यी दुई खेलाडीले ४८ रनको साझेदारी गरेका थिए ।

१५औं ओभरको पहिलो बलमा सुवाष २२ रन बनाएर मोहमद नदिमको बलमा एलबीडब्ल्यू आउट भए ।
त्यसपछि कप्तान ज्ञानेन्द्र र पूर्वकप्तान पारस खड्काले ५९ रनको साझेदारी गर्दै नेपालको स्कोर १०७ रन पु¥याए । पारस खड्काले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ३८ रनको योगदान दिए । त्यसपछि क्रिजमा गएका दिपेन्द्र सिंह ऐरीले खाता नै खोल्न पाएनन् ।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ले ५६ रनको अर्धशतकीय योगदान दिएर टिमको स्कोर १२८ रन सम्म पु¥याए । ज्ञानेन्द्रले ७६ बलमा छ चौका र एक छक्का प्रहार गरेका थिए ।

अमेरिकाविरुद्धको डेब्यू खेलमै अर्धशतकीय योगदान दिएका कुशलले आज ओमानविरुद्ध पनि २८ रनको योगदान दिए । उनले २२ बलमा दुई चौका र दुई छक्का प्रहार गरेका थिए । उनले आरिफ शेखसँग मिलेर ३९ रनको साझेदारी गरेका थिए । कुशल ३५औं ओभरको दोस्रो बलमा अकिब इलियासको बलमा खावर अलिको हातबाट क्याचआउट भएका थिए । कुशल आउट हुँदा नेपाल पाँच विकेटको क्षतिमा १६७ को स्थितीमा थियो । त्यसपछि आरिफ शेखले ब्यक्तिगत २८ रन बनाएर आउट हुँदा नेपाल १९९ रनको स्थितीमा थियो ।

इनिङ सकिन नौ बल बाँकी रहँदा विनोद भण्डारी ३५ रन बनाएर रनआउट भए । उनले ४७ बलमा पाँच चौका प्रहार गरेका थिए । विनोद आउट हुँदा नेपालले २३० रन बनाएको थियो ।

त्यसपछि कमलसिंह ऐरीे नौ तथा र सन्दिप लामिछानेले १० रनको योगदान दिएर नेपाललाई बलियो स्थितीमा पु¥याएका थिए ।
बलिङतर्फ अकिब इलियासले चार विकेट लिए भने मोहम्मद नदिमले तीन विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest