Cricnepal.com
Saturday, January 23, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

नेपाल ओमानसँग फेरि पराजित

by cricnepal.com Staff
February 9, 2020 - Updated on February 10, 2020
0

आईसीसी विश्वकप लिग २ एक दिवसीय क्रिकेटमा नेपाल दोस्रो पटक ओमानसँग पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो । लगातार तेस्रो जीत निकालेको ओमान भने तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । नेपालले अब अन्तिम खेलमा बुधबार अमेरिकासँग खेल्ने छ ।

नेपालले दिएको २५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा पुरा गरेको हो । ओमानको जीतमा अकिब इलियस र जिसन मक्सुदले उत्कृष्ट पारि खेले । इलियसले शतक बनाउँदा मक्सुदले अर्धशतक बनाएका थिए ।

पहिलो विकेट ४९ रनमा गुमाएको ओमानले दोस्रो विकेट ८३ रनमा गुमाएको थियो । ओमानका जतिन्दर सिंह व्यक्तिगत २३ रन बनाएर कुशल मल्लको बलमा आउट भएका थिए भने ४१ रन बनाएका खबर अलिलाई पनि सुशन भारीले पेभेलियनको बाटो देखाएका थिए । त्यसपछि क्रिजमा इलियस र मक्सुदले उत्कृष्ट साझेदारी गर्दै ओमानलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । इलियसले १०२ बलमा शतक पुरा गरेका थिए । अन्तिमसम्म क्रिजमा रहेका इलियसले नट आउट १०८ रन बनाउँदा मक्सुद पनि ६८ रनमा अविजित रहे ।

नेपालका तर्फबाट ७ जनाले बलिङ गरे पनि २५० रनको लक्ष्य गर्न असफल रह्यो ।  टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारि खेले । उनी ५६ रन बनाएर आउट भए । यसैगरी पारस खड्काले ३८ रन बनाउँदा विनोद भण्डारीले ३५ रन जोडे ।

यस्तै कुशल मल्ल र आरिफ शेखले समान २८–२८ रन बनाउँदा ओपनर सुवास खकुरेलले २२ रनको योगदान गरेका थिए । नेपालका करण केसी १० रनमा आउट हुँदा सन्दीप लामिछाने १० रनमै नट आउट रहे भने आज डेव्यु गरेका कमलसिंह ऐरी ९ रनमा नट आउट रहेका थिए । आजको खेलमा दीपेन्द्रसिंह ऐरीले भने रनको खाता नै खोल्न सकेनन् ।

Tags: Nepal MenOman

सम्बन्धित समाचार

राष्ट्रिय टिमको जर्सीको प्रायोजन अधिकार विक्रि

नेपालकाे खराव ब्याटिङ, हङकङसँग ४३ रनले पराजित

हङकङले नेपाललाई १५५ रनको लक्ष्य

एसीसी इस्टर्न रिजन टी २० मा मलेसियासँग नेपालको हार

नेपालले मलेसियाबाट एक सय ५५ रनको लक्ष्य पायाे

मलेसिया विरुद्ध नेपाल बलिङमा

Load More
Next Post

विश्वकप यु १९ क्रिकेटको उपाधि बंगलादेशले जित्यो

बंगलादेशविरूद्ध पाकिस्तान इनिङ र ४४ रनले विजयी

Discussion about this post

मुख्य समाचार

बागमती पीएम कपको सेमिफाइनल नजिक

सन्दिपको टिमको अर्को हार

प्रदेश एकको पीएम कपमा सान्त्वना जित

January 22, 2021
Match 14
PRO-2
179/10
BAG
181/4
Scorecard | Series Home
January 22, 2021
Match 13
PRO-1
215/9
Karnali
156/10
Scorecard | Series Home
January 21, 2021
Match 11
NPC
310/4
LUM
236/7
Scorecard | Series Home
January 21, 2021
Match 12
Gandaki
106/10
APF
107/4
Scorecard | Series Home
January 20, 2021
Match 10
PRO-1
131/10
TAC
135/6
Scorecard | Series Home
January 20, 2021
Match 9
SUD
110/10
NPC
111/1
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal