बंगलादेशविरूद्ध पाकिस्तान इनिङ र ४४ रनले विजयी

बंगलादेश विरुद्धको पहिलो टेष्टमा पाकिस्तानले भारी अन्तरको जित निकालेको छ । उसले बंगलादेशमाथि एक इनिङ र ४४ रनको जित हात पार्यो ।

रावलपिण्डीमा भएको खेलमा पहिले ब्याटिङ गरेको बंगलादेशले पहिलो पारीमा मात्र २३३ रन बनाउन सक्यो । उसका लागि मोहम्मद मिथुनले ६३ रन बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भए । उसका पारीलाई कमजोर पार्न साहिन साह अफ्रिदीले चार विकेट लिए ।

जवाफमा पाकिस्तानले पहिलो पारीमा सान मक्सुद र बाबर अजामको शतकमा ४४५ रन बनायो । जसमा सानले एक सय रन बनाए भने बाबरले एक सय ४३ रनको योगदान गरे । यस्तै हारिस सोहेलले ७५ तथा असाद सफिकले ६५ रन थपे ।

पहिलो पारीमा नै भारी रनले पछि परेको बंगलादेश दोस्रो पारीमा मात्र एक सय ६८ रनमा अलआउट भयो । उसका पाँच खेलाडीले दोहोरो अंक जोड्दा कप्तान मोनिमुल हकले सर्वाधिक ४१ रन बनाए । बंगलादेशलाई हारको बाटो देखाउन नसिम शाह र यासिर शाहले चार चार विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest