वार्नरले पाए प्रतिष्ठित अवार्ड

बल टेम्परीङका कारण निकै आलोचित बनेका अष्ट्रेलियन ब्याट्सम्यान डेविड वार्नरले आफ्नो कमब्याकलाई निकै उत्कृष्ट बनाए । ब्याटिङमा दबदबा जमाएका वार्नर एलान बोर्डर मेडलबाट सम्मानित भएका छन ।

अष्ट्रेलियन क्रिकेटमा उत्कृष्ट अर्वाडका रुपमा रहेको प्रतिष्ठित पुरस्कारबाट वार्नर पुरस्कृत हुने भएका हुन । सन् २०१६ र १७ मा ब्यक्तिगत विधाको अर्वाड जितेका उनले यसपटक टेष्ट, एकदिवसिय र टी २० तीनै विधाको अवार्ड पाएका हुन ।

एक सय ९४ भोट पाएका उनले पूर्व कप्तान स्टिभ स्मिथलाई पछि पार्दै यो अवार्ड हात पारे । यस्तै तेस्रो स्थानमा पाट कुमिन्स रहे । उनी वार्नरभन्दा नौ भोटले पछि परे ।

यसका साथै उनी फरक विधामा यो अवार्ड जित्ने खेलाडीको सूचीमा पनि समावेश भएका छन । यसअघि सन् २००० मा फरक विधामा यो अवार्ड जित्ने ग्लेन म्यागराथ थिए ।

यस्तै रिकी पोन्टिङले सन् २००४, २००६ र २००७ मा यो अवार्ड जितेका थिए भने माइकल क्लार्कले सन् २००५, २०१२ र २०१३ मा जितेका थिए । सेन वाट्सनले २०१० र २०११ तथा स्मिथले २०१५ र २०१८ मा यो अवार्ड हात पारेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest