आईसीसीले पाँच जना खेलाडीलाई कारवाही

यू–१९ क्रिकेटको फाइनलपछि खेलाडीले गरेको अनुशासनहीन ब्यवहारका कारण आईसीसीले पाँच जना खेलाडीलाई कारवाही गरेको छ ।

बंगलादेशका तीन जना र भारतका दुई जना खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिसले मेरिट पोइन्ट घटाएको हो । आईसीसी यू–१९ विश्वकपको फाइनलमा बंगलादेशले भारतमाथि तीन विकेटकाे जित हात पार्दै पहिलाे अन्तर्राष्ट्रिय उपाधि जितेको थियो ।

फाइनलमा बंगलादेशले १७० रनको परिमार्जित लक्ष्य ४६ ओभरमा हासिल गरेको थियो ।

आईसीसीले बंगलादेशका टोविद हृदय, शमिम हुसेन र राकिबुल हसनको ६ अंक घटाएको छ भने भारतका आकाश सिंह र रवि विश्नोईलाई पाँच अंकको कारवाही गरेको छ । विश्नोई प्रतियोगिताका सर्वाधिक विकेट लिने खेलाडी समेत हुन् ।

भारतका विश्नोईलाई अपशब्द बोलेका कारण थप दुई अंकको कारवाही गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest