भारतद्वारा न्यूजिल्याण्डसामू २९७ रनको लक्ष्य

न्यूजिल्याण्ड भ्रमणमा रहेको भारतले तेस्रो एक दिवशीय खेलमा घरेलु टोलीसामू २९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

केएल राहुलले शतकीय योगदान दिएपछि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा सात विकेट गुमाउँदै २९६ रन बनाएको थियो ।

भारतका लागि राहुलले ११३ बलमा ११२ रनको शतकीय योगदान दिए । उनले नौ चौका र दुई छक्का प्रहार गरेका थिए । श्रेयश ऐयरले ६२ रनको योगदान दिए भने मनिष पाण्डेले ४२ तथा पृथ्वी शले ४० रन जोडे ।

बलिङतर्फ हमिस बेनेटले चार विकेट लिए भने केल जेमिसन र जेम्स निसमले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest