अन्तिम एकदिवशीय खेलमा न्युजिल्यान्डले भारतलाई ५ विकेटले पराजित

कोलिन ग्रान्डहोमले सातौं नम्बरमा आएर विष्फोटक अर्धशतक प्रहार गरेपछि तेस्रो तथा अन्तिम एकदिवशीय खेलमा न्युजिल्यान्डले भारतलाई ५ विकेटले पराजित गरेको छ ।

जितसँगै ३ खेलको शृंखला घरेलु टोली न्युजिल्यान्डले क्लीन स्वीप गरेको छ । भारतले दिएको २९७ रनको लक्ष्य न्युजिल्यान्डले ४७.१ ओभरमा पूरा गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा सात विकेट गुमाउँदै २९६ रन बनाएको थियो ।

भारतका लागि राहुलले ११३ बलमा ११२ रनको शतकीय योगदान दिए । उनले नौ चौका र दुई छक्का प्रहार गरेका थिए । श्रेयश ऐयरले ६२ रनको योगदान दिए भने मनिष पाण्डेले ४२ तथा पृथ्वी शले ४० रन जोडे ।

बलिङतर्फ हमिस बेनेटले चार विकेट लिए भने केल जेमिसन र जेम्स निसमले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest