Cricnepal.com
Friday, January 22, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

नेपाली भुमीमा च्याम्पियन बन्यो ओमान, लगातार चार जीत, अमेरीका ९२ रनले पराजित

by cricnepal.com Staff
February 11, 2020 - Updated on February 12, 2020
0

ओमानका लागि नेपाली भूमी निकै फापेको छ । नेपालमा खेल्न आउनु अगाडी आइसीसी विश्वकप क्रिकेट लिग टुको चौथो स्थानमा रहेको ओमान घर फर्किदा शिर्ष स्थान हात पारेर जाने भएको छ । नेपालमा ओमानले खेलका चार खेलमा चारैमा जित निकाल्दै तालिकामा एकल अग्रता बनाएर फर्किने भएको छ । प्रतियोगिता अन्तर्गत यो सिरीजको अन्तिम खेलमा ओमानले अमेरीकालाई ९२ रनले हरायो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ७६ रन बनायो । उसका लागि कप्तान जिसान मक्सुद र अकिव इलियासले तेस्रो विकेटका लागि कीर्तिमानी २१६ रनको साझेदारी गरे । जुन अन्तराष्ट्रिय एकदिवसिय क्रिकेटमा ओमानका खेलाडीले गरेको अहिलेसम्म कै ठुलो साझेदारी हो ।

यसअघि नेपाल विरुद्ध यी दुई खेलाडीले एक सय ६७ रनको साझेदारी गरेका थिए । जुन सो बेलाको उच्च साझेदारी थियो । ३१ रनमा दुई विकेटको अवस्थामा दुई खेलाडीले ओमानको पारीलाई सम्हालेका थिए । ओमानका ओपनर खवार अली १० रनमा आउट भएपछि ओमानले २१ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि जतिन्दर सिंह पनि मात्र नौ रनमा आउट हुँदा ओमानले ३१ रनमा दोस्रो विकेट खेर फाल्यो ।

तर त्यसपछि ओमानका अकिब र मक्सुदले अमेरीकी बललाई हुरुक्क पारे । कप्तान जिसनले एक सय नौ रन बनाए । उनले एक सय नौ बलमा १० चौका र चार छक्का प्रहार गरे । यस्तै अकिबले पनि उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाए । उनले एक सय २३ बलमा ११ चौका र एक छक्काको मद्दतले एक सय पाँच रन बनाए ।

ओमानका लागि एकदिवसिय क्रिकेटमा लगातार दुई खेलमा दुई शतक बनाउने अकिब पहिलो खेलाडी बनेका छन । यसका साथै उनी ओमानका लागि अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी पनि बनेका छन । यस्तै जारी विश्वकप क्रिकेट लिग दुई मा सर्वाधिक रन बनाउने खेलाडी पनि उनी नै हुन । उनले अहिलेसम्म ६ सय भन्दा बढि रन बनाइसकेका छन । जसमा उनको दुई शतक र चार अर्धशतक रहेको छ ।

ओमानको स्कोर दुई सय ४७ रन हुँदा ओमानले तेस्रो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका नासिम खुसी मात्र पाँच रनमा आउट हुँदा ओमानले दुई सय ५५ रनमा पाँचौ विकेट गुमायो । त्यसपछि जिसानपनि आउट हुँदा ओमानले दुई सय ५८ रनमा पाँचौ विकेट गुमायो ।

ओमानले बनाएको यो स्कोर उसको एकदिवसिय क्रिकेटमा बनाएको अहिलेसम्म कै ठुलो स्कोर हो । यसअघि ओमानले यहि प्रतियोगितामा नामेविया विरुद्ध बनाएको दुई सय ७२ रन सर्वाधिक ठुलो स्कोर थियो ।

बलिङमा अमेरीकाका सौरभ नेत्रवाल्करले तीन तथा रुस्टी थेरोनले दुई विकेट लिए ।

जवाफमा अमेरीका ३९ ओभर एक बलमा एक सय ८४ नमा अलआउट भयो । सुरुवात राम्रो गर्न नसकेको अमेरीकाले तीन रनमा पहिलो विकेट गुमायो । उसका ओपनर मोनांक पटेलले खाता खोल्न सकेनन् । त्यसपछि क्रिजमा आएका स्टेभन टेलरपनि खाता खोल्न नपाउँदै पेभेलियन फर्किएपछि अमेरीकाले तीन रनमा नै दोस्रो विकेट खेर फाल्यो ।

सुरुवातमा नै दबावमा आएको अमेरीकाले ६३ रन बनाउदा चार विकेट खेर फालेको थियो । उसका जेभियर मार्सल २३ रनमा आउट भए भने इयान होलाण्ड २८ रनमा पेभेलियन फर्किए । त्यसपछि अक्क्ष्य होमराजपनि सात रनमा आउट भएपछि अमेरीकाको पारी कमजोर बन्यो ।

छैटौं विकेटका लागि निसार्ग पटेल र आरोन जोन्स विच ७० रनको साझेदारी भएको थियो । तर पटेल ५२ रनमा आउट हुँदा अमेरीकाले एक सय ४९ रनमा छैटौं विकेट खेर फाल्यो । त्यसपछि अमेरीकाले स्कोरबोर्डमा २१ रन थप्दा अरु दुई विकेट गुमायो । करिमा गोरे दुई रनमा आउट भए भने कामरोन स्टेमेन्सन चार रनमा पेभेलियन फर्किए । त्यसपछि रोस्टी थेरोन १२ रनमा आउट भए ।

बलिङमा अकिब लियास र विलाल खानले तीन तीन विकेट लिए ।

Tags: OmanUSA

सम्बन्धित समाचार

अमेरिकी टिम विरुद्ध नेपालको कीर्तिमानी जित

अमेरिकी टिम विरुद्ध नेपालको कीर्तिमान

नेपाल ओमानसँग फेरि पराजित

नेपाल र ओमान भिड्दै

अमेरिकालाई ३५ रनले हराउँदै नेपाललाई पहिलो अंक

नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य

Load More
Next Post

अमेरिकी टिम विरुद्ध नेपालको कीर्तिमान

अमेरिकी टिम विरुद्ध नेपालको कीर्तिमानी जित

Discussion about this post

मुख्य समाचार

बागमती पीएम कपको सेमिफाइनल नजिक

सन्दिपको टिमको अर्को हार

प्रदेश एकको पीएम कपमा सान्त्वना जित

January 22, 2021
Match 14
PRO-2
179/10
BAG
181/4
Scorecard | Series Home
January 22, 2021
Match 13
PRO-1
215/9
Karnali
156/10
Scorecard | Series Home
January 21, 2021
Match 11
NPC
310/4
LUM
236/7
Scorecard | Series Home
January 21, 2021
Match 12
Gandaki
106/10
APF
107/4
Scorecard | Series Home
January 20, 2021
Match 10
PRO-1
131/10
TAC
135/6
Scorecard | Series Home
January 20, 2021
Match 9
SUD
110/10
NPC
111/1
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal