अमेरिकी टिम विरुद्ध नेपालको कीर्तिमान

सन्दिप लामिछाने र सुसान भारीको घातक बलिङका कारण अमेरीका नेपाल विरुद्ध मात्र ३५ रनमा अलआउट भएको छ । एकदिवसिय क्रिकेटमा अमेरीका थोरै रनमा अलआउट हुने दोस्रो टिम भएको छ । यसअघि सन् २००४ मा जिम्बावे पनि ३५ रनमा अलआउट भएको थियो । तर कम ओभर खेलेर थोरै रनमा अलआउट हुने अमेरीका पहिलो टिम भएको छ । नेपाल विरुद्ध अमेरीका १२ ओभरमा समेटियो ।

खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको अमेरीका १० खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसका लागि जेभियर मार्सलले १६ रन बनाए । जुन टिमका लागि सर्वाधिक स्कोर थियो । अमेरीकाको पारीलाई ध्वस्त पार्न सन्दिप लामिछानेले ६ विकेट लिए । एकदिवसिय क्रिकेटमा नेपाली बलरले पाँच विकेटको हल लिएको दोस्रो पटक हो । यसअघि सोमपाल कामीले यूएई विरुद्ध दुबईमा भएको एकदिवसिय खेलमा ३३ रनमा पाँच विकेट लिएका थिए ।

तर सन्दिपले ६ ओभरमा एक मेडेन राखेर १६ रनमा ६ विकेट लिए । जुन नेपाली बलरले एकदिवसिय क्रिकेटमा लिएको उत्कृष्ट बलिङ फिगर हो । यस्तै सुसान भारील्े तीन ओभरमा एक मेडेन सहित पाँच रन दिएर चार विकेट लिए ।

नेपालले आजको एकै पारीमा दुई वटा रेकर्ड बनाएको छ । एउटा अमेरीकालाई कम स्कोरमा रोक्ने, थोरै ओभरमा विपक्षीको पारी समाप्त गर्ने रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest