टमाटा फेरी राष्ट्रिय टिमकाे मुख्य प्रशिक्षक

नेपाल क्रिकेट एसोसिएशनले नेपाली क्रिकेट टिमकाे मुख्य प्रशिक्षकमा तत्कालका लागि जगत टमटालाई जिम्मेवारी दिएकाे छ ।

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक रहेका उमेश पटवालले राजीनामा दिएसँगै ३ वर्ष नेपाली क्रिकेट टोली सम्हालिसकेका टमटालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएकाे हाे ।

गत जेठ १८ मा नियुक्ति पाएका उमेश पटवालले नेपाली टोलीको प्रशिक्षकबाट राजीनामा दिएपछि टमटालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएकाे हाे । उनले थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन टी २० प्रतियाेगितामा नेपालकाे प्रशिक्षण सम्हाल्नेछन ।

नेपाली टोलीले एकदिवसीय अन्यतराष्ट्रिय मान्यता पाउँदा टमटा प्रशिक्षक थिए।

टमटाले फागुन महिनामा हुने इस्टन रिजन क्रिकेट प्रतियोगिता सम्हाल्ने छन्। इस्टन रिजनका लागि नेपाली टोली यसअघि नै घोषणा भइसकेको छ । उनीहरुलाई शुक्रबारदेखि बन्द प्रशिक्षणमा बोलाइएको छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest