Cricnepal.com
Saturday, January 16, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

करणकाे त्याे अबिश्वसनिय पारी…

by cricnepal.com Staff
February 14, 2020
0

नेपाली क्रिकेटका लागि फेब्रेवरी १४ अर्थात भ्यालेन्टाइन डे काे दिन राष्ट्रिय टिमले विशेष उपहार दियाे । त्याे थियाे पहिलाे पटक एकदिवसिय मान्यता दिलाउने ढाेका खाेल्नु ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा क्यानडाविरुद्ध जीत निकाल्दै नेपाली क्रिकेटको नयाँ अध्याय पनि शुरु भएको थियो । जसमा करण केसीले नेपाललाइ बिशेष उपहार दिएका थिए । सन् २०१८ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ नामिबियाको विन्डहकमा नेपालले क्यानडासँगकाे त्याे जादुमयी जित सायदै कसैले बिर्सन्छन हाेला ।

क्यानडाविरूद्धकाे खेलमा टस जितेर पहिले बलिङ राेजेकाे थियाे । जसमा क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ९४ रन बनायो । त्यसपछि पालाे नेपालकाे ब्याटिङकाे थियाे । १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले ४२ ओभर एक बलमा ९ विकेट गुमाएर १ सय ४४ रन मात्रै बनाएको थियो । हातमा थियाे एक विकेट र बनाउनु थियाे ४७ रन । यस्ताेमा नेपाली क्रिकेट टिम निकै निरास बनिसकेकाे थियाे । कारण मुखैमा अाएकाे एकदिवसिय मान्यता नपाइने भयाे भनेर । ड्रेसिङ रूममा काेहि खेलाडीकाे मुहारमा हासाे थिएन । सबै तनावमा नै थिए ।

यस्तो अवस्थामा अन्तिम विकेटका लागि क्रिजमा थिए करण केसी र सन्दीप लामिछाने । टिममा उनीहरूमाथि झिनाे अाशा त थियाे, तर सतप्रतिशत एकिन भने थिएनन् । उता क्यानडाका खेलाडीहरू एेतिहासिक उपलब्धि हात पाइने भयाे भनेर बाउन्ड्री लाइनमा खुसी मनाउने कुरेर बसेका थिए । हुन पनि अन्तिम विकेटले यति ठुलाे साझेदारी गर्छ भनेर कमैले साेचेका थिए । तर करण र सन्दिपले चमत्कार नै गरे ।

टिममा सबै खेलाडी बाहिरीसकेका बेला बलरहरूले नेपालकाे साख बचाए । नवौं विकेटमा मैदान प्रवेश गरेका करण केसीले करियरकै उत्कृष्ट प्रदर्शन गरे । उनले ३१ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ४२ रन बनाएका थिए भने लामिछानेले १८ बलमा ५ रन बनाउँदै करणलाई दरिलाे साथ दिए ।

जसकाे खुसी खेलाडीले मात्र हाेइन नेपाली समर्थकले पनि निकै उल्लासपुर्ण तरिकाले मनाए । त्याे खेलपछि नेपालले ४ वर्षका लागि एकदिवसिय क्रिकेटको मान्यता पायाे । यदि त्यो खेल हारेको भए अहिले नेपाली क्रिकेट कहाँ हुन्थ्यो कसैलाइ थाहा छेन । तर, जीत हात पारेर नेपालले २०१८ को मार्चमा जिम्बाबेमा भएको आईसीसी वल्डकप क्वालिफायर खेल्याे । क्वालिफायरको समूह ‘बी’ मा रहेको नेपालले ४ खेलमा १ मा जीत र ३ मा हार व्यहोर्दा ४ वर्षका लागि एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

करणकाे त्याे प्रदर्शनले उनी नेपाली क्रिकेटमा एउटा स्टार खेलाडीकाे दर्जामा पुगे । त्याे खेल अघिका करण र त्यसपछि करणमाथिकाे हेराइ सबैकाे फरक पर्याे । हुनपनि उनले टिमका लागि चाहिएकाे बेला ठुलाे याेगदान गरेका छन । अाेमानमा भएकाे नेदरल्याण्ड्सविरूद्धकाे खेलमा पनि करणले अन्तिम अाेभरमा बिस्फाेटक ब्याटिङका कारण पहिलाे जित दिलाएका थिए ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले सो खेलको सम्झनामा सामाजिक सञ्जालमा स्टाटस लेख्दै क्रिकेट इतिहासको उत्कृष्ट क्षणका रुपमा ब्याख्या गरेका छन् ।

अहिले नेपाल आईसीसी विश्वकप क्रिकेट लिग(२ अन्तर्गतको एकदिवसिय त्रिकोणात्मक शृङ्खला खेलिरहेको छ । विश्वकप २०२३ को छनोट अन्तर्गतको शृङ्खलाको शुरुवात काठमाडौंबाटै गरेको नेपालले ४ खेलमा २ मा जीत हात पार्दै शुखद् शुरुवात गरेको छ ।

सम्बन्धित समाचार

पीएम कपमा आर्मीले गण्डकी लाई ९८ रनले हरायाे

आर्मीले गण्डकी प्रदेशलाई दुई सय ८८ रनको लक्ष्य

भारत र अष्ट्रेलियाकाे चौथो टेस्ट खेल शुरु, अष्ट्रेलिया टस जितेर ब्याटिङमा

इङल्यान्ड बिरुद्ध घरेलु टोली श्रीलंका १३५ रनमा समेटियो

सन्दिप विकेटविहिन, हाेबर्ट ९ विकेटले पराजित

होबर्ट हुरिकेन्सले पर्थ सोचर्सलाई एक सय ४० रनको लक्ष्य

Load More
Next Post

वाटमोर सिंगापुरको नयाँ प्रशिक्षकमा नियुक्त

भुवनले कमब्याक, इस्टर्न रिजनका लागि टिमकाे घाेषणा

Discussion about this post

मुख्य समाचार

पीएम कपमा आर्मीले गण्डकी लाई ९८ रनले हरायाे

आर्मीले गण्डकी प्रदेशलाई दुई सय ८८ रनको लक्ष्य

भारत र अष्ट्रेलियाकाे चौथो टेस्ट खेल शुरु, अष्ट्रेलिया टस जितेर ब्याटिङमा

January 15, 2021
Match 1
NAC
287/6
Gandaki
189/10
Nepal Army won by 98 runs
Scorecard | Series Home
January 3, 2021
Final
PRO1-W
105/4
APF-W
99/7
PRO-1 Women won by 6 runs
Scorecard | Series Home
January 2, 2021
2nd Semi-final
LUM-W
52/10
PRO1-W
55/0
PRO-1 Women won by 10 wickets (with 67 balls remaining)
Scorecard | Series Home
1st Semi-final
SUD-W
60/7
APF-W
61/1
APF Women won by 9 wickets (with 6 balls remaining)
Scorecard | Series Home
December 31, 2020
Match 12
PRO1-W
147/1
GAN-W
7/10
PRO-1 Women won by 140 runs
Scorecard | Series Home
Match 11
SUD-W
76/4
BAG-W
48/9
Sudur Paschim Province Women won by 28 runs
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal