वाटमोर सिंगापुरको नयाँ प्रशिक्षकमा नियुक्त

श्रीलंकालाइ विश्वकपकाे उपाधि दिलाइसकेका लेजेण्ड्री प्रशिक्षक डेभ वाटमोर सिंगापुरको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन ।

सिंगापुर क्रिकेट एसोसिएसनले वाटमोरलाई थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन टी २० क्रिकेटका लागि नयाँ प्रशिक्षकमा अनुबन्ध गरेकाे हाे । अनुभवी प्रशिक्षक वाटमोरले नेपाली खेलाडीलाइ पनि प्रशिक्षण दिइसकेका छन ।

उनी सन् २०१७ मा केन्या विरूद्धकाे खेल भन्दा अगाडी नेपाली टिमलाइ प्रशिक्षण दिएका थिए । साे बेला वाटमाेर ब्याट एण्ड बल फाउण्डेसनको निमन्त्रणामा नेपाली टिमलाइ एक साता प्रशिक्षण दिएका थिए । 

वाटमाेरले सन् १९९६ मा श्रीलंकालाइ एकदिवसीय विश्वकप क्रिकेटकाे उपाधि दिलाएका थिए । वाटमाेरकाे पहिलाे प्रतियाेगिता इस्टर्न रिजन क्रिकेट हुनेछ।

जसका लागि टिमले १४ खेलाडी छनाेट गरिसकेकाे छ । याे प्रतियाेगितामा नेपालले पनि खेल्दैछ । जसका लागि नेपालले १८ खेलाडी छनाेट गरेकाे छ । डेभमाेरले पाकिस्तान टिमकाे प्रशिक्षकपनि भइसकेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest