भुवनले कमब्याक, इस्टर्न रिजनका लागि टिमकाे घाेषणा

थाइल्याण्डमा आयोजना हुने एसीसी ईस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । जसमा भुवन कार्कीले स्थान बनाएका छन ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टिममा पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ र सन्दीप जोरा छन् । जसमा भुवन कार्की लामाे समयपछि राष्ट्रिय टिममा परेका हुन । उनले पहिलाे पटक सन् २०१३ मा पहिलाे पटक राष्ट्रिय टिममा परेका थिए । त्यसपछि उनी निकै समय राष्ट्रिय टिमकाे क्याम्पमा परेपनि राष्ट्रिय टिममा स्थान बनाउन सकेका थिएन ।

सन् २०१५ मा उनी बंगलादेशमा भएकाे इमर्जिङ एसिया कपमा परेका थिए । त्यसपछि टिममा पर्न सकेका थिएनन् । यो स्क्वाडमा आइसीसी विश्वकप क्रिकेट लिग २ खेलेका कमलसिंह ऐरी, रोहित पौडेलले स्थान बनाउन सकेनन् । यसपटक क्यानले सन्दिप जोरा, पवन सराफ, किशोर महतोलाई पनि मौका दिएको छ ।

ईस्टर्न रिजन प्रतियोगिता फेब्रुअरी २९ देखि मार्च ६ सम्म थाईल्याण्डमा हुनेछ । प्रतियोगिताको फाईनल पुग्ने टिमले एसिया कपको छनोट खेल्न पाउनेछ । प्रतियोगितामा नेपालसहित सिंगापुर, हङकङ, मलेसिया, भुटान र म्यानमार छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest