आईपीएलकाे खेल तालिका सार्वजनिक

इण्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (आईपीएल) को नयाँ सिजनको उद्घाटन खेलमा साविक विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

आईपीएलले निकालेको खेल तालिका अनुसार पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने भएका हुन् । उद्घाटन खेल मुम्बईको घरेलु मैदानमा वान्खडे स्टेडियममा मार्च २९ मा हुनेछ ।

आईपीएलको लिग चरणको अन्तिम खेल भने मे १७ मा हुनेछ । उक्त खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई भिड्ने छन् ।

लिग चरणको खेलपछि शीर्ष ४ टोलीले प्ले अफमा स्थान बनाउने छन् । त्यसपछि शीर्ष र दोस्रो टिमबीचको क्वालिफायर विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । तेस्रो र चौंथो टिमबीच इलिमिनेटर खेल हुनेछ ।

आईपीएलको यस सिजनको फाइनल मे २४ मा वान्खडेमा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest