एसीसी इस्र्टन रिजन टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका परिवर्तन हुने

थाइल्याण्डमा हुने भनिएको एसीसी इस्र्टन रिजन टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका परिवर्तन हुने भएको छ । कोरोना भाइरसका कारण चीन र मलेसियाले सहभागिता नजनाउने भएपछि एसीसीले खेल तालिका नै परिवर्तन गर्ने भएको हो ।

यसअघि सहभागि आठ टिमलाई दुई समुहमा विभाजन गरेर खेल तालिका बनाइएको थियो । तर दुई देशले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि अब बाकी टिमलाई समावेश गरेर राउण्डरोविन लिगका आधारमा प्रतियोगिता गराइने भएको छ । जसमा शिर्ष दुई टिमले फाइनल खेल्ने भएका छन ।

प्रतियोगितामा थाइल्याण्ड, सिंगापुर, हङकङ, म्यानमार र भुटान खेल्नेछन । जसमा नेपाल सहभागि हुनेछ । फेब्रेवरी २७ देखि मार्च ६ तारिखसम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल म्यानमारसँग खेल्ने तालिका थियो । तर अब यो परिवर्तन हुनेछ । एसीसीले फाइनल खेल तालिका आइतबार साँझसम्म प्रकाशित गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest