दक्षिण अफ्रिकासँगकाे टी-२० सिरीज इ‌ग्ल्याण्डलाई

दक्षिण अफ्रिका विरुद्धको तीन खेलको टी २० सिरीज इंग्ल्याण्डले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई ५ विकेटले हरायो ।

सेन्चुरीयनमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय २२ रन बनायो ।

उसका लागि हेनरिक क्लासिनले ६६ रन बनाए भने टेम्बा बाभुमाले ४९ रन बनाए ।

यस्तै क्विन डी ककले ३५ रन बनाए । यस्तै डेविड मिलरले अविजीत ३५ रनको योगदान गरे ।

बलिङमा इंग्ल्याण्डका बने स्टोक र टोम कुरानले दुई दुई विकेट लिए ।

जवाफमा इंग्ल्याण्डले १९ ओभर एक बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

उसका लािग जोनी ब्रेस्ट्रोले ६४ रन बनाए भने जोस बट्लर र कप्तान इयोन मोर्गनले समान ५७–५७ रन बनाए । यस्तै बेन स्टोकले २२ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest