फाफ डु प्लेसिसले कप्तानी पदबाट राजिनामा

दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसले कप्तानी पदबाट राजिनामा दिएका छन । उनले टेष्ट र टी २० दुबै फरम्याटको कप्तानीबाट राजिनामा दिएका हुन ।

गएराति मात्र इंल्याण्ड विरुद्धको तीन टी२० क्रिकेटको सिरीज गुमाएको दक्षिण अफ्रिकाका कप्तानका रुपमा फाफले नैतिकताका आधारमा राजिनामा दिएको बताए ।

३५ बर्षे डुप्लेसिसले आफ्नो बोर्डलाई पत्र पठाउँदै राजिनामाको जानकारी गराएका हुन । उनले अबका कप्तान क्विन डी ककको कप्तानीमा सहयोग गर्ने बताएका छन ।

एकदिवसिय क्रिकेटको कप्तानमा क्विन डी ककलाई जिम्मेवारी दिइएको छ । यस्तै अष्ट्रेलिया विरुद्धको टी २० सिरीजमा पनि उनले नै कप्तानी गर्ने प्रबल संभावना रहेको छ ।

कप्तानबाट राजिनामा दिएपनि उनले खेलाडीका रुपमा सबै फरम्याटका लागि खेल्न तयार रहेको बताएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest