नेपालले पहिलो खेल मलेसियासँग खेल्ने

एसीसी इस्र्टन रिजन टी २० क्रिकेट प्रतियोगिताको नयाँ खेल तालिका सार्वजनिक भएको छ । जसमा नेपालले पहिलो खेल मलेसियासँग खेल्नेछ ।

प्रतियोगितामा भुटान, चीन र म्यानमारले सहभागिता नजनाउने भएपछि खेल तालिका पनि परिवर्तन गरिएको हो । जसमा नेपालले पहिलो खेल मलेसियासँग खेल्नेछ ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालको प्रतिद्धन्द्धी हङकङ रहेको छ । यस्तै तेस्रो खेलमा थाइल्याण्डसँग खेल्ने नेपालले लिगको अन्तिम खेलमा सिंगापुरसँग प्रतिस्र्धा गर्नेछ । लिगका शिर्ष दुई टिमले फाइनल खेल्नेछन ।

याे प्रतियाेगिताका लागि नेपालले १४ खेलाडीको नाम सार्वजनिक गरिसकेकाे छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टिममा पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी र सन्दीप जोरा छन् । जसमा भुवन कार्की करिव ५ बर्षपछि राष्ट्रिय टिममा फर्किएका हुन ।

पहिलाे पटक सन् २०१३ मा पहिलाे पटक राष्ट्रिय टिममा परेका भुवनले अन्तिमपटक सन् २०१७ मा बंगलादेशमा भएकाे इमर्जिङ एसिया कपका लागि टिममा परेका थिए । त्यसपछि उनी निकै समय राष्ट्रिय टिमकाे क्याम्पमा परेपनि राष्ट्रिय टिममा स्थान बनाउन सकेका थिएन ।

यो स्क्वाडमा आइसीसी विश्वकप क्रिकेट लिग २ खेलेका कमलसिंह ऐरी, रोहित पौडेलले स्थान बनाउन सकेनन् । यसपटक क्यानले सन्दिप जोरा, पवन सराफ, किशोर महतोलाई पनि मौका दिएको छ ।

यो प्रतियोगिताका लागि अनुभवी खेलाडी शरद भेषवाकर, बसन्त रेग्मी, सोमपाल कामी सुरुवाती १८ खेलाडीको सूचीमा पनि थिएनन् । यस्तै सुवास खकुरेलपनि यो प्रतियोगिताको पहिलो सूचीमा थिएनन् ।

ईस्टर्न रिजन प्रतियोगिता फेब्रुअरी २९ देखि मार्च ६ सम्म थाईल्याण्डमा हुनेछ । प्रतियोगिताको फाईनल पुग्ने टिमले एसिया कपको छनोट खेल्न पाउनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest