ग्रेट हिमालयकाे सहज जित

ग्रेट हिमालय क्रिकेट एकेडेमीले यू-१९ दुई दिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ । ग्रेट हिमालयले हिमालय क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्याे ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्ताे पाएकाे एचसिएले ३४ ओभर १ बलमा अलआउट हुँदै १ सय ४४ रन बनाएको थियो । एचसिएका लागि रजत तिमल्सिनाले ८ चौका र १ छक्कासहित ४२ रनको योगदान दिए । यस्तै सन्दीप शाहीले २३, गजेन्द्र बोहराले १६ , अम्रित थापाले १४ र भुमि सिंह कुवरले १६ रन बनाए ।

जिएचसिएका सोनु देवकोटाले ३ तथा राशिद खान र मोहम्मद हुसेनले समान २ र २ विकेट लिए ।

जवाफमा जिएचसिएले आफ्नो पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ३० रन बनाएको थियो । उसका कप्तान आसिफ शेखले ९५ बलमा १७ चौका र १ छक्कासहित १०० रन बनाए ।

यस्तै जिएचसिएका लागि आयुश बस्नेतले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा आयुशमान बमले ५३ तथा अशोक बस्नेतले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । एचसिए सन्दीप शाहीले सर्वाधिक ४ विकेट लिए। कप्तान प्रतिश जिसीले २ तथा गजेन्द्र बोहरा र दिपक बोहराले पनि १र१ विकेट लिए ।

एचसिएले दिएको ६० रनको लक्ष्य जिएचसिएले १३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । जिएचसिएका कप्तान आशिफ शेखले अविजित रहदै ४१ रनको योगदान गरे । यस्तै आयुशमान बमले ९ तथा अशोक पौडेलले ७ रन बनाए ।

एचसिएका सन्दीप खडकाले २ र प्रतिश जिसीले १ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest