अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले आफुलाई बेवास्ता गरेको भन्दै भारतीय क्रिकेट बोर्ड बीसीसीआइ रुष्ट भएको छ । आइसीसीले सन् २०२३ देखि ३१ सम्मको आफ्नो इभेन्टको राइट्सको साइकलमा को को कार्यक्रम होष्ट गर्न इच्छुन छन भनेर सबै एसोसियट र फुल मेम्बरलाई इमेल गरेको थियो ।
आइसीसीका प्रमुख कार्यकारी अधिकृत मनु सवानीले सबैलाई इमेल गर्नुका साथै उनले केहि देशको भ्रमणपनि गरेका थिए । जसमा उनले मुख्य देश इंग्ल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, जिम्बावेको भ्रमण गरेका थिए । तर उनी भारत जाने कार्यक्रम भएपनि पुगेनन् ।
त्यसपछि बीसीसीआइले गन अक्टोबरमा आफ्नो रिभरभेसनमा आइसीसीले बेवास्ता गरेको भन्दै पत्राचार गरेको थियो । जसमा भारत अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्नका लागि इच्छुक रहेको उल्लेख थियो । तर पछिल्लो पटक आइसीसीले देखाएको ब्यवहारले बीसीसीआइले दुबईमा हुने बोर्ड बैठकमा आफ्नो आक्रोश पोख्ने बताइएको छ ।
यता आइसीसीले बीसीसीआइका प्रपोजललाई अक्टोबरमा भएको बैठकले नै पास गरेको थियो । तर सो बेला आइसीसीको बैठकमा बिसीसीआइका कार्यबहाक महासचिव अमिताभ चौधरीले भाग लिएका थिए ।
तर उनलाई आइसीसीको बैठकमा जान बीसीसीआइको बोर्डले मान्यता दिएको थिएन । त्यहिपनि उनी आइसीसीको बैठकमा सहभागि भएका थिए । तर आइसीसीको निर्णयलाई उनले बीसीसीआइलाई समयमा खबर नगरेको आइसीसीले बताएको छ ।
Discussion about this post