उमर अकमल पीसीबीकाे प्रतिबन्धमा

पाकिस्तानी क्रिकेटर उमर अकमल प्रतिबन्धमा परेका छन । पाकिस्तान क्रिकेट बोर्डले नियम विपरित भ्रष्टाचार सम्बन्धि काममा संलग्न रहेको भन्दै उनलाई प्रतिबन्ध लगाएको हो ।

केहि दिन अगाडी पीसीबीले अकमललाई प्रतिबन्ध नलगाउने बताएपनि रातारात उनलाई फेरी कारवाहि गरेको हो । लाहोरमा भएको फिटनेश टेष्टमा उनले गलत काम गरेको भन्दै कारवाही गर्नुपर्ने बताइएको थियो ।

तर सो बेला पीसीबीले उनलाई आफ्नो गल्तिलाई स्विकार गरेर माफि दिने बताएको थियो । तर फेरी बोर्डले उनीमाथि नयाँ प्रक्रिया अनुसारका कारवाहि गरेको हो । तत्कालि लागु हुनेगरि उकमललाई प्रतिबन्ध लगाएको हो ।

उनीमाथि लागेको आरोपको अनुसन्धानसम्म उनले खेल्न नपाउने भएका छन । जसका कारण उनले पाकिस्तान सुपर लिग खेल्न नपाउने भएका छन ।

पीएसएलमा उमर क्वेटा ग्लाडियटर्सबाट खेल्ने तयारीमा थिए । उनको स्थानमा अर्को खेलाडीलाई लिन पाकिस्तान बोर्डले टिमलाई अनुमती दिइसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest