स्कटल्याण्डका मुन्सेले इपीएल खेल्ने

आसन्न एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजले अर्को विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा स्कटल्याण्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको जनाएको छ ।

इपीएलका लागि यसअघि क्रिस गेल र केस्रिक विलियम्सलाई ल्याउने पक्का गरेको पोखराले तेस्रो विदेशी खेलाडीका रुपमा मुन्सेलाई अनुबन्ध गरेको जनाएको छ । अलराउण्डर मुन्सेले ३८ वटा टी २० खेल खेलका छन । जसमा उनले नौ सय ८७ रन बनाएका छन । उसको टी २० मा एक शतक र पाँच अर्धशतक रहेको छ ।

स्कटल्याण्डका ओपनर मुन्सेले टी २० मा केली कोइटजेरसँग मिलेर २०० रनको साझेदारी गरेका छन । जुन अन्तराष्ट्रिय टी २० मा तेस्रो ठुलो साझेदारी हो भने स्कटल्याण्डको पहिलो ठुलो हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest