भारतकाे अवस्था खराव, बर्षाले पुरै दिन खेल हुने सकेन

भारत र न्युजिल्याण्ड बिचको पहिलो टेस्टको पहिलो दिन भारतले कमजोर प्रदर्शन गरेको छ । बर्षाले प्रभावित भएको खेलमा भारतले ५५ ओभरमा ५ विकेट गुमाउँदै १२२ रन बनायो ।

पहिलाे ब्याटिङ गरेकाे भारतले १६ रनमा पहिलाे विकेट गुमायाे । त्यसपछि ३५ रन बनाउँदा दोस्रो विकेट गुमाएको भारतका कप्तान विराट कोहली पनि २ रनमै आउट भएपछि भारतले ४० रनमा ३ विकेट खेर फाल्याे ।

त्यसपछि भारतले ८८ रनमा चौँथो र १०१ रनमा पाचौँ विकेट गुमाउन पुग्यो । त्यसपछि भारतका उपकप्तान अजिंक्य रहाणे र रिषभ पंतले भारतको पारी सम्हालेका थिए ।

न्युजिल्याण्डका लागि पहिलो दिन काइल जैमीसनले सर्वाधिक ३ विकेट हात पार्न सफल भए ।

पहिलो दिनमा बर्षाका कारण ५५ ओभर भन्दा बढि खेल चल्न सकेन । बर्ष नरोकिएपछि पहिलो दिनको धोषणा गरिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest