प्रज्ञान ओझाले क्रिकेट करियरबाट सन्यास

भारतीय पूर्व क्रिकेट प्रज्ञान ओझाले क्रिकेट करियरबाट सन्यास लिएका छन । उनले आफ्नो सोसियल मिडिया ट्विटरबाट सन्यासको घोषणा गरेका हुन ।

उनले अन्तराष्ट्रिय तथा पहिलो श्रेणीको क्रिकेटबाट सन्यासको लिने निधो गरेका हुन । सन्यासको घोषणा गर्दा उनले ट्विटरमा भावुक भनाई पनि राखेका छन । उनले जीवनमा नयाँ आयाममा अगाडी बढ्ने बेला भएको र त्यसका लागि सन्यास लिएको बताएका छन । उनले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।

साथै उनले आफुलाई करियरमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोगी हातहरुलाई मनैबाट धन्यवाद दिएको लेखेका छन । ओझाले भारतका लागि २४ टेष्ट, १८ एकदिवसिय र ६ वटा टी २० खेलेका छन । जसमा उनले कुल १४४ विकेट लिएका छन । उनले सन् २०१३ मा अन्तिम पटक मैदानमा टिमबाट देखिएका थिए ।

ओझाले सन् २००९ मा श्रीलंका विरुद्ध कानपुरमा टेष्टमा डेब्यु गरेका थिए । उनको सन्यासमा पूर्व क्रिकेटहरु ले बधाई पनि दिएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest