भारतले अष्ट्रेलियालाई एक सय ३३ रनको लक्ष्य

आइसीसी वमन्स टी २० विश्वकपको उद्घाटन खेलमा भारतले अष्ट्रेलियालाई एक सय ३३ रनको लक्ष्य दिएको छ ।

सिड्नीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३२ रन बनायो ।

राम्रो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेको थियो । उसकी ओपनर स्मृती मन्धाना १० रनमा आउट भइन । त्यसपछि सफाली बर्मापनि २९ रनमा पेभेलियन फर्किदा भारतले ४३ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएकी कप्तान हरमनप्रित कौर मात्र दुई रन आउट हुँदा भारतले ४७ रनमा तेस्रो विकेट खेर फाल्यो । तर चौथो विकेटका लागि दिप्ती शर्मा र जेमीमा रोद्रिगुइजले अर्धशतकीय साझेदारी गरे । जसमा जेमीमाले २६ रन बनाए ।

अन्तिममा भारतका लागि दिप्ती शर्माले ४९ रनको पारी खेलिन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest