नेक्ससकाे सामान्य अग्रता

हिमालयन क्रिकेट लिग यू–१९ दुईदिवसिय प्रतियोगितामा नेक्सस एकेडेमीले पहिलो पारिमा हिमालयन क्रिकेट एकेडेमीमाथि सामान्य अग्रता बनाएको छ ।

बर्षाले प्रभावित भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेक्सस पहिलो पारीमा एक सय ३४ रनमा अलआउट भयो । मात्र ४४ ओभर चार बलमा अलआउट भएको नेक्ससका लागि आकाश चन्दले २१ तथा स्नोज केसीले २० रन बनाए । यस्तै बिपिन विक्रम शाहीले १९ र प्रियान्सु श्रेष्ठले १५ रन थपे ।

बलिङमा हिमालयन एकेडेमीमा सन्दिप खड्काले पाँच तथा प्रकाश कार्कीले तीन विकेट लिए ।

जवाफमा हिमालयन क्रिकेट एकेडेमी मात्र २८ ओभर तीन बलमा एक सय १७ रनमा अलआउट भयो ।

उसका लागि रजत तिमिल्सिनाले ४५ तथा दिपक बोहोराले २५ र सन्दिप शाहीले २१ रन बनाउँदा बाँकी खेलाडीले राम्रो गर्न सकेनन् । उसका ६ खेलाडीले खाता खोल्न सकेनन् । खाता खोलन नपाउँदै तीन विकेट गुमाएको हिमालयन अन्ततः ११७ रनमा समेटियो ।

हिमालयनको पारीलाई ध्वस्त पार्न नरेन साउद एक्लैले सात विकेट लिए ।

जवाफमा दोस्रो पारी सुरु गरेको नेक्ससले २१ रन बनाउँदा बर्षा भएपछि खेल विथोलिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest