सीप्यान क्रिकेट अवार्ड चैत २१ गते

सीप्यान क्रिकेट अवार्ड चैत २१ मा हुने भएको छ ।

क्रिकेट खेलाडी संघ नेपालले आयोजना गर्न लागेको यो दोस्रो संस्करणको अवार्ड हो । एनसीसीएस क्रिकेट अवार्डमा पाँच वटा विधामा नगद पुरस्कारको व्यवस्था गरिएको पनि आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष डा. मनिषराज पाण्डेले जानकारी दिए ।

सन् २०१९–२० को प्रदर्शनका आधारमा वर्ष खेलाडी पुरुष र महिलालाई जनही नगद १ लाख ३२ हजार प्रदान गरिने छ ।

यसैगरी उदयिमान खेलाडी र उत्कृष्ट क्षण अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड पाउने खेलाडीलाई भने जनही ६६ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । कार्यक्रम कमलादीस्थित प्रज्ञाप्रतिस्ठानमा हुने छ ।

उत्कृष्ट क्षणको अवार्ड मत सर्वेक्षणका आधारमा प्रदान गरिने छ भने लाइफ टाइम अचिभमेन्ट अवार्ड पुरानो पुस्ताका एक जना क्रिकेटरलाई प्रदान गरिने छ । अवार्डका लागि चाँडै समिति बनाएर छनोट गरिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest