न्युजिल्यान्डसँगको पहिलो टेष्ट क्रिकेटमा भारत १० विकेटले पराजित

न्युजिल्यान्डसँगको पहिलो टेष्ट क्रिकेटमा भारत १० विकेटले पराजित भएको छ ।

पहिलो इनिङमा १ सय ६५ मा अलआउट भयो ।  जवाफमा न्युजिल्यान्डले कप्तान विलियमसनको ८९ रनको मदतले ३ सय ४८ रन बनाएको थियो ।

चौथो दिनको खेलमा भारत दोस्रो इनिङमा १ सय ९१ रनमा नै अलआउट भएपछि न्युजिल्यान्डले मात्र ९ रनको लक्ष्य पाएको थियो । उ

लक्ष्य मात्र १० बलमा पूरा गर्दै न्युजिल्यान्डले सहज जित दर्ता गर्यो ।

भारतका लागि अजिन्क्या रहाने २९ रन बनाए भने हनुमा विहारी १५ रनमा बोल्ड भए । आश्विन ४ रन तथा ऋषभ पन्तले २५ रन जोड्दै क्याचआउट भए भने जस्प्रित बुमारहले खाता खोल्न सकेनन् । न्युजिल्यान्डका लागि साउथीले ५ तथा ट्रेन्ट बोल्टले ४ विकेट हात पारे ।

जितसँगै २ खेलको टेस्ट सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest