ओमानकी क्रिकेटर ७ बर्षकाे प्रतिबन्धमा

ओमानको क्रिकेटर युसुफ अब्दुलरहिम अल बालुसीलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सात बर्षको प्रतिबन्ध लगाएको छ ।

युशुफलाई आइसीसीले गत जनवरीमा नै प्रतिबन्ध लगाएको थियो । तर उनीमाथि थप अनुसन्धान गर्दा उनको कारवाहिको अवधी लम्बिएको हो । अब युशुफले सात बर्षसम्म क्रिकेटबाट टाढा हुनुपर्ने भएको छ ।

यति लामो समय प्रतिबन्धमा परेपछि उनको करियर नै समाप्त भएको छ । दुबईमा भएको आइसीसी टी २० विश्वकप छनोटका बेला उनले भ्रष्टाचार विरोधी नियम उलंघन गरेका थिए ।

यो सात बर्षसम्म उनी क्रिकेटसँग सम्बन्धित कुनैपनि क्रियाकलापमा संलग्न हुन पाउनेछैनन् । उनीमाथि आइसीसीले तीन महिना अनुसन्धान गरेर कारवाहि लम्ब्याएको हो । युशुफले पनि आफ्नो गल्तिलाई स्विकार गरेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest