काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरकाे फराकिलाे जित

काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले यू-१९ दुईदिवसीय क्रिकेट प्रतियोगितामा बालुवाटार क्रिकेट एकेडेमीलाइ एक इनिङ्स ९७ रनले पराजित गरेकाे छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बालुवाटारले पहिलो इनिङ्समा अलआउट हुँदै ५३ रन बनाएको थियो । बालुवाटारका सागर थापाले ११ रन बनाउँनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बालुवाटारलाई सस्तैमा समेट्न केसीटिसीका तिलक भण्डारीले ५ विकेट लिएका थिए । यस्तै सुर्य तामाङले ३ विकेट लिएका थिए ।

केसीटिसीले पहिलाे पारीमा ९ विकेटको क्षतिमा २ सय १ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।  उसका लागि विपिन आचार्यले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सचिन लाखहले ३६ तथा सुर्य तामाङ २६ रनमा अविजित रहे । बालुवाटारका राजन जिसी र दिनेश जंग बुढा मगरले समान ३-३ विकेट लिएका थिए ।

दोस्रो इनिङ्समा बालुवाटार ५१ रन जोड्दा अलआउट भयो । उसका लागि प्रसान्त पण्डितले १२ रन जोड्दा नबिन तामाङले ११ रन बनाए । बाँकी खेलाडी एकपछि अर्काे रूपमा पेभेलियन फर्किए । केसीटिसीका सुर्य तामाङले ४ विकेट लिए । सुरज तामाङले ३ तथा तिलक भण्डारीले २ विकेट लिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest