इपीएलका लागि ललितपुरमा तीन पाकिस्तानी खेलाडी

आसन्न एभरेष्ट प्रिमियर लिगका लागि ललितपुर प्याट्रियोट्सले तीन जना विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

जसमा पाकिस्तानका अलराउण्डर हामद अजाम, हसन खान र तिब्र गतिका बलर मिर हम्जालाई टिममा भित्र्याएको छ । मार्च १४ तारिखबाट सुरु हुने इपीएलका लागि ललितपुरले पाकिस्तानबाट अनुभवी खेलाडीलाई ल्याउने भएको हो ।

तिब्र गतिका बलर मिरले इंग्ल्याण्डबाट काउन्टि खेलिसकेका छन । उनी ससेक्स क्रिकेट क्लवबाट काउन्टिन खेलेका छन ।

यस्तै हसनले पाकिस्तान सुपर लिग खेलेका छन । उनले २०१८ मा क्वेटा ग्लाडियटर्स र २०१९ मा लाहोर कलन्दर्सबाट पीएसएल खेलेका थिए ।

बल टी २० मा पनि उनले इडमोन्टोन रोयल्सबाट खेलेका थिए । उनी सन् २०१८मा यू–१९ विश्वकपमा टिमको कप्तानी गरेका थिए ।

अलराउण्डर हामद अजामले घरेलु क्रिकेट खेलेका छन । उनी सन् २०१९ मा पाकिस्तान कपमा उत्कृष्ट अलराउण्डर बनेका थिए । जसमा उनले एक सय ४४ रन र नौ विकेट लिएका थिए ।

यसअघि ललितपुरले श्रीलंकन पूर्व कप्तान उपल थरंगालाई अनुबन्ध गरिसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest