जिम्बावेविरुद्धको एकमात्र टेस्ट क्रिकेटमा बंगलादेश बिजयी

जिम्बावेविरुद्धको एकमात्र टेस्ट क्रिकेट बंगलादेशले जितेको छ । ढाकामा आज बंगलादेश एक इनिङ १०६ रनले जित निकाल्न सफल भयो ।

जिम्बावेले पहिलो पारिमा २६५ रन बनाएको थियो । कारिग इरभिनले शतकीय पारि खेलेका थिए । उनले १०७ रन बनाए । पहिलो पारिमा भने बंगलादेशले विशला योगफल तयार पारेको थियो ।

उसले ६ विकेट गुमाएर ५६० रन बनाउँदा पारि समाप्त गरेको थियो । बंगलादेशका लागि मुसिसिफिकुर रहिमले दोहोरो शतक बनाएका थिए ।मोमुनुल हकले पनि शतकीय पारि खेलेका थिए ।

उनले १३२ रन बनाएका थिए । पहिलो पारिका हिसाबले २९५ रनले पछि परेको जिम्बावेले दोस्रो पारिमा १८९ रन बनाएर अल आउट भएपछि बंगलादेश एक इनिङ र १०६ रनले विजयी हुन पुग्यो । दोस्रो पारिमा कारिग इरभिनले सर्वाधिक ४३ रन बनाउँदा अरुले उत्कृष्ट रन बनाउन सकेनन् । जिम्बावेलाई रोक्ने क्रममा बंगलादेशका नइम हसनले ५ तथा तेजुल इस्लामले ३ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest