केभिनले फेरी इपीएल खेल्ने

काठमाडौं किंग्सले एभरेष्ट प्रिमियर लिगका लागि आयरल्याण्डका केभिन ओब्राइनलाई फेरी ल्याउन भएको छ ।

अघिल्लो संस्करणमा पनि खेलेका उनलाई काठमाडौंले यसपटक पनि निरन्तरता दिएको छ । अघिल्लो संस्करणमा केभिनले सात खेलमा नौ विकेट लिएका थिए । यसका साथै उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पनि परेका थिए ।

केभिन आयरल्याण्डबाट सन् २००६ बाट निरन्तर खलिरहेका छन । जसमा उनले तीन पटक ५० ओभरको विश्वकप खेलेका छन भने पाँच पटक टी २० विश्वकप खेलेका छन ।

उनले इंग्ल्याण्डमा हुने काउन्टि क्रिकेटपनि खेलेका छन । सन् २०११ मा इंग्ल्याण्डलाई हराउँदा सतक प्रहार गरेका केभिन विश्वकपमा चाँडो शतक बनाउने खेलाडी बनेका थिए । ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest