युएई र कुवेतले मलेसियामा हुने एशिया कप छनोट खेल्ने पक्का भएको छ । ओमानमा भएका टी २० वेस्टर्न रिजनको फाइनलमा कुवेत र युएई पुगेपछि उनीहरुले एशिया कप छनोट खेल्ने पक्का भएको हो ।
ओमानमा भएको खेलमा कुवेतले बहराईनलाई ८७ रनले हरायो । पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा चार विकेट गुमाउँदै दुई सय १० रन बनाएको थियो । उसका लागि रभिजा डी सिल्भाले ६७ रन बनाए भने उस्मान पटेलले ५६ तथा अफ्सल असरफले ४५ रन बनाए । यस्तै मुहम्मद अमिनले ३२ रन बनाए ।
उत्कृष्ट सुरुवात गरेको कुवेतले पहिलो विकेटका लागि नै एक सय २९ रनको साझेदारी गरेको थियो ।
जवाफमा बहराईन १७ ओभरमा एक सय २३ रनमा अलआउट भयो । खराव सुरुवात गरेको बहराईनले ८ रनमा पहिलो विकेट गुमायो भने २२ रनमा तीन विकेट खेर फाल्यो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा फैज अहमदले सर्वाधिक ३० रन जोडे भने मोहम्मद समिरले २८ रनको योगदान गरे ।
अर्को खेलमा युएईले कतारलाई रनले हरायो । पहिले ब्याटिङ गरेको यूएई १८ ओभर चार बलमा एक सय २२ रनमा अलआउट भयो । उसका लागि चिराग सुरीले सर्वाधिक ३८ रन बनाउँदा बाँकी खेलाडीले राम्रो खेल्न सकेनन् ।
तर जवाफमा कतार मात्र ९४ रनमा अलआउट भयो ।
Discussion about this post