नेपालले मलेसियासँग खेल्दै

थाइल्याण्डमा आजदेखि एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगिता सुरु हुँदैछ । उद्घाटन खेलमा थाइल्याण्ड र सिंगापुर प्रतिष्पर्धा गर्दैछन् । आजै हुने दोस्रो खेलमा नेपाल र मलेसिया आमने सामने हुनेछन् ।

यो खेल नेपाली समय अनुशार दिउँसो सवा १२ बजे हुनेछ ।

प्रतियोगितामा नेपाल, मलेसिया, थाइल्याण्ड, सिंगापुर र हङ्कङ् सहभागि छन् ।

हेड टू हेड

मलेसिया नेपालको पुरानो प्रतिद्वन्द्वी हो । टि–२०मा नेपाल र मलेसिया १३ वर्षअघि पहिलो पटक प्रतिष्पर्धा गरेका थिए । सन् २००७ मा भएको एसीसी टि–२० मा नेपाल २१ रनले विजयी भएको थियो । त्यसको दुई वर्षपछि भएको सोही प्रतियोगितामा मलेसिया ६ विकेटले विजयी भयो ।

सन् २०१३ मा नेपालमा भएको संस्करणमा घरेलु टिम १९ रनले विजयी भएको थियो भने सन् २०१८ मा नेपाल आठ विकेटले विजयी भएको थियो ।

पछिल्लो तीन खेलमा भने नेपालले सबै खेल जितेको छ ।

गत साउनमा भएको मलेसिया भ्रमण अन्तर्गत दुई वटा खेलमा टि–२० सिरिजमा नेपालले घरेलु टिमलाई हराएको थियो । पहिलो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपाल ६ रनले विजयी भएको थियो ।

त्यसको लगत्तै भएको टि–२० विश्वकपका लागि एसियाली छनोट प्रतियोगितामा पनि नेपालले मलेसियालाई ८३ रनमा समेट्दै सात विकेटको जित निकालेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest