मलेसिया विरुद्ध नेपाल बलिङमा

एशिया कप छनोटकाे पहिलाे खुट्किलाेकाे रुपमा रहेकाे एसीसी इस्ट्रन रिजन ट्वान्टी २० कप अन्तर्गत नेपालले अहिले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्यान्डकाे बैंककस्थित टर्डथाइ क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने भएकाे छ । यस प्रतियोगितामा नेपाल उपाधी दावेदारितामा सबैभन्दा अगाडि छ । मलेसियासँग पनि ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यताप्राप्त सबै ३ खेल नेपालले जितेकाे छ । नेपालले दशकयता मलेसियासँग पराजित हुनुपरेकाे छैन ।

काेराेना भाइरसकाे डलरसँगै चीन, म्यानमार र भुटानले सहभागिता नजनाएपछि प्रतियाेगितामा नेपालसहित मलेसिया, हङकङ, थाइल्यान्ड र सिंगापुरबीच प्रतिस्पर्धा हुने भएकाे हाे । पाँच टाेलीबीच राउन्ड रोबिन प्रणालीमा हुने प्रतियाेगिताका शीर्ष २ टिमबीच फाइनल खेल हुनेछ ।

फाइनलिस्ट दुवैले अगस्टमा हुने एशिया कप छनोटमा वेस्टर्न रिजनका फाइनलिस्टसँग खेल्नेछ । वेस्टर्न रिजनबाट कुवेत र यूएई छनोट भइसकेका छन् । अाजै सम्पन्न प्रतियाेगिताकाे उद्घाटन खेलमा सिंगापुरले घरेलु टोली थाइल्याण्डलार्इ पराजित गरेकाे छ ।

नेपालको सुरुवाती ११
ज्ञानेन्द्र मल्ल
दिपेन्द्रसिंह ऐरी
पारस खड्का
विनोद भण्डारी
आरिफ शेख
करण केसी
सन्दिप लामिछाने
अभिनाश बोहोरा

कुशल मल्ल
सुसन भारी
पवन सराफ

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest