नेपालले मलेसियाबाट एक सय ५५ रनको लक्ष्य पायाे

एसीसी टी २० इस्र्टन रिजन च्याम्पियनसिपमा नेपालले मलेसियाबाट एक सय ५५ रनको लक्ष्य पाएको छ ।

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५४ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको मलेसियाको मध्यक्रमका खेलाडीले केहि राम्रो खेले ।

१५ रनमा दुई विकेट गुमाउको मलेसियाका लागि ओपनर भिरनदिप सिंह तीन रनमा आउट भए भने खिजर हायातले खाता खोल्न सकेनन् । तर त्यसपछि मोहम्मद अनवर अरुदिनले ३१ रन बनाए भने अहमेद फेइज नुरले ३० रन बनाए । यस्तै मोहम्मद अरिफले एक रनमात्र जोडे ।

मलेसियाले ५३ रन बनाउँदा तीन विकेट गुमाएको थियो भने ८७ रनमा चौथो र ८९ रनमा पाँचौ विकेट खेर फालेको थियो । सन्दिपले आफ्नो पहिलो ओभरमा नै दुई वकेट लिए भने अभिनाश बोहोरोलेपनि एकै ओभरमा दुई विकेट लिए ।

आजको खेलमा तीन विकेट लिएका सन्दिपले अन्तराष्ट्रिय टी २० मा एक सय विकेट पुरा गर्ने पहिलो नेपाली खेलाडी बने ।

छैटौ विकेटका लागि सेइद अजिज र अनिमुदिन राम्ले विच अर्धशतकिय साझेदारी भएको थियो । जसमा सेइदले अर्धशतकिय पारी खेले । उनले  ३५ बलमा ५१ रन बनाए । भने राम्लेले २९ रनकाे याेगदान गरे । बलिङमा अभिनाशले २ तथा सन्दिपले ३ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest