Upcoming
    Kathmandu Mayor XI
    Bagmati Province
    Upcoming
    Nepal APF Club
    Nepal Police Club
    Upcoming
    Tribhuvan Army Club
    Kathmandu Mayor XI
Cricnepal.com
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Centre
    • Fixtures
    • Results
  • Series
    • Kathmandu Mayor’s Cup 2021
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
  • English
  • Nepali
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

नेपालकाे खराव ब्याटिङ, हङकङसँग ४३ रनले पराजित

by cricnepal.com Staff
March 1, 2020 - Updated on March 3, 2020
0

एसीसी टी २० इस्र्टन रिजनमा नेपाललले लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भयो । यो हारपछि नेपालको शिर्ष दुईमा रहने संभावना निकै कमजोर बनेको छ । विश्व बरियतामा आफु भन्दा ११ स्थान तल रहेको हङकङसँगको हारमा नेपालको ब्याटिङ नै मुख्य कारण बन्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको हङकङकले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो । नेपालविरुद्ध हङकले राम्रो प्रदर्शन गरेको छ । नेपालका बलरहरु आज पनि त्यति सफल हुन सकेनन् । नेपालका सुशन भारी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए भने कुशल मल्लले एक किेट लिए ।

सुशन र सन्दीपको चार ओभरको स्पेल पनि पुरा गर्दा करणले ३ ओभर बलिङ गरे । सुशनले चार ओभरमा ३७ रन दिएर २ विकेट लिएका हुन् भने सन्दीपले चार ओभरमा २५ रन खर्चिएर २ विकेट लिए । कुशल मल्लले भने तीन ओभरमा १६ रन दिँदै एक विकेट लिएका छन् ।

आजको खेलमा करण केसी, अविनाश बोहोरा र पारस खड्काले पनि बलिङ गरेपनि विकेट विहीन बने ।
टस हारेर पहिला ब्याटिङ गरेको हङकङले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै नेपालमाथि दबाव कायम गरेको थियो ।
७.५ औं ओभरमा नेपालका लागि स्पिनर सुशन भारीले पहिलो सफलता दिलाएका हुन् ।

उनले साहिद ओसिफलाई आउट गरे । ओसिफ २३ बलमा २६ रन बनाएर पभेलियन फर्किए । दोस्रो विकेटको रुपमा सुशनले दशौं ओभरका निजत खानलाई आउट गरे । उनी अर्धशतक नजिक (४८) मा पुगेका बेला कुशल मल्लको हातबाट क्याच आउट गराउँदै पभेलियनको बाटो देखाए ।

११ औं ओभरमा नेपालका सन्दीपले तेस्रो सफलता दिलाए । सन्दीपले हङकङको स्कोर ८५ रन हुँदा किनचित साहलाई सून्य रनमै पभेलियन पठाए । हङकङको ११० रन हुँदा नेपाललाई कुशल मल्लले चौथो सफलता दिलाए । उनले १४ औं ओभरमा हारुन मोहम्मद अर्सदलाई आउट गरेका हुन् । उनी २७ रन बनाएर पभेलियन फर्किएका छन् ।

पाँचौं सफलता सन्दीपले दिलाए । आफ्नो स्पेलको अन्तिम ओभर लिएर आएका सन्दीपले जेम्स जोनलाई आउट गरे । नेपालले छैटौं सफलता रन आउट मार्फत हात पारेको हो । दीपेन्द्रसिंह ऐरीले मोहम्मद ऐजज खानलाई रन आउट गरेका थिए । खानले २९ रन जोडे ।
पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको नेपालका लागि प्रतियोगिताको फाइनलमा पुगेर एसिया कप छनोटमा स्थान बनाउन बाँकी सबै खेल गर या मरको स्थितिमा छ । मलेसियाले दिएको १५५ रनको लक्ष्य पछ्याउँदा नेपाल १३२ रनमा रोकिएको थियो ।

जवाफमा नेपाल १८ ओभर एक बलमा एक सय ११ रनमा अलआउट भयो ।

सुरुवात राम्रो गरेको नेपालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो । ओपनर ज्ञानेन्द्र मल्ल र कुशल मल्लले पहिलो विकेटका लागि राम्रो साझेदारी गरेका थिए । कुशलले १९ रन बनाए । त्यसपछि क्रिजमा आएका पारस खड्का मात्र चार रनमा पेभेलियन फर्किदा उपकप्तान दिपेन्द्रसिंह ऐरी पनि पाँच रनमा आउट भए । त्यसपछि पवन सराफ एक रनमा पेभेलियन फर्किदा नेपालले ७१ रनमा चार विकेट गुमायो ।

नेपालको मध्यक्रमका खेलाडी हङकङका बलरसामु धेरै बेर क्रिजमा टिक्न सकेनन् । विनोद भण्डारी पाँच रनमा आउट हुँदा नेपालको स्कोर ७९ रन थियो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल ४६ रनमा पेभेलियन फर्किएपछि नेपाल निकै दबावमा पर्यो । ज्ञानेन्द्र मल्ले ४३ बलमा चार चौका र एक छक्का प्रहार गरे । तर उन अर्धशतक पुरा गर्न सकेनन् । कप्तान मल्ल आउट भएपछि नेपाल निकै दबावमा पर्यो ।

नेपाली टिमको ब्याटिङ निकै ध्वस्त बन्यो । करण केसी पनि मात्र सात रनमा आउट भएपछि नेपालको खेल हातबाट बाहिरीयो । सो बेला नेपालले ९८ रन बनाएको थियो । सन्दिपले खाता खोल्न सकेनन् । आरिफ शेख १० रनमा आउट भए । नेपालले १७ अाैं अाेभरमा तीन विकेट गुमाउन पुग्याे ।

नेपालको पारिलाई कमजोर बनाउन हारोन मोहम्मद अर्सदले ५ तथा अफदाव हुसेनले तीन विकेट लिए ।

Tags: Hong KongNepal Men

सम्बन्धित समाचार

नेपालले खेल्ने विश्वकप छनाेटका खेलहरू प्रत्यक्ष प्रशारण हुने

क्रिकेट टिमकाे बन्द प्रशिक्षण स्थगित

नेपालको टी–२० बरियता यथावत

राष्ट्रिय टिमकाे प्रशिक्षण नियमित हुने

नेपालले ओमानमा खेल्ने सिरिज स्थगित

क्यानले पहिलाे चरणमा ३२ खेलाडी प्रशिक्षणमा बाेलायाे

Load More
Next Post

भारतसँगको टेष्ट सिरिज न्युजिल्यान्डले क्लिनस्वीप

न्युजिल्याण्डका एण्डरसन इपीएल खेल्ने

Discussion about this post

  • March 6, 2021
    Match 2
    Nepal Police Club
    Nepal Police Club
    72/10 (25.2 ov)
    CAN Province team
    Bagmati Province
    70/10 (27.2 ov)
    Scorecard | Series Home
  • March 6, 2021
    Match 1
    Tribhuvan Army Club
    Tribhuvan Army Club
    235/10 (50.0 ov)
    Armed Police Force
    Nepal APF Club
    236/9 (49.4 ov)
    Scorecard | Series Home
  • January 30, 2021
    Final
    Tribhuvan Army Club
    Tribhuvan Army Club
    211/9 (50.0 ov)
    Armed Police Force
    Nepal APF Club
    178/10 (41.3 ov)
    Scorecard | Series Home
  • January 28, 2021
    2nd Semi-final
    Tribhuvan Army Club
    Tribhuvan Army Club
    229/10 (50.0 ov)
    CAN Province team
    Bagmati Province
    135/10 (40.2 ov)
    Scorecard | Series Home
  • January 27, 2021
    1st Semi-final
    Armed Police Force
    Nepal APF Club
    203/9 (50.0 ov)
    Nepal Police Club
    Nepal Police Club
    173/10 (49.3 ov)
    Scorecard | Series Home
  • January 25, 2021
    Match 20
    CAN Province team
    Province 2
    169/7 (47.0 ov)
    Nepal Police Club
    Nepal Police Club
    170/6 (38.0 ov)
    Scorecard | Series Home
  • [live_score]

    मुख्य समाचार

    आर्मीमाथि एपीएफकाे राेमाञ्चक जित

    चौथो टेष्टमा भारत एक इनिङ र २५ रनले विजयी

    पुलिसकाे बागमतीमाथि उत्कृष्ट जित

    • About us
    • Advertise
    • Write for us
    • Privacy Policy
    • TOC’s
    • Contact us
    English Edition

    © cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

    No Result
    View All Result
    • Home
    • News
      • National
      • International
        • Indian Premier League
        • Big Bash League
      • Nepal Men
      • Nepal Women
      • Nepal U19
      • Nepal U16
      • Opinion
      • In Focus
      • Interview
    • Match Centre
      • Fixtures
      • Results
    • Series
      • Kathmandu Mayor’s Cup 2021
      • Prime Minister Cup 2021
      • Prime Minister Cup Women’s National T20 2020/21
      • Gautam Buddha Cup 2020
      • ICC Cricket World Cup League 2
    • Teams
    • Players
    • More
      • Rankings
      • Videos
      • Photos
      • Social

    © cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal