भारतसँगको टेष्ट सिरिज न्युजिल्यान्डले क्लिनस्वीप

भारतसँगको दुई टेष्ट सिरिज घरेलु टोली न्युजिल्यान्डले क्लिनस्वीप गरेको छ । दोस्रो टेष्टकाे तेस्रो दिनमै भारतलाई ७ विकेटले पराजित गर्दै न्युजिल्यान्डले सिरिजमा सानदार क्लिनस्वीप गर्न सफल भयाे ।

क्राइस्टचर्चमा टस हारेर ब्याटिङ थालेको भारत पहिलो पारीमा २ सय ४२ रनमा समेटियाे । उसका पृथ्वी शाले ५४ रन बनाए भने विहारीले ५५ तथा चेतेश्वर पुजारा ५४, ऋषभ पन्त १२, रविन्द्र जडेजा ९, मोहम्मद शामी १६ रनमा आउट भए । बलिङमा न्युजिल्यान्डका काइल जेमिसनले ५ विकेट लिए । यस्तै टिम साउथी र ट्रेन्ट बोल्टको नाममा २–२ विकेट रह्यो ।

जवाफमा न्युजिल्यान्ड पहिलो इनिङमा २ सय ३५ रनमा अल आउट भयाे । उसका टम लेथमले सर्वाधिक ५२ रन बनाए । टम ब्लन्डेल ३०, कप्तान केन विलियम्सन ३, रस टेलर १५, हेनरी निकोलस १४ रन जाेडे ।

बलिङमा भारतका मोहम्मद सामीले ४, जस्प्रित बुमराह ३, रविन्द्र जडेजा २ र उमेश यादवले १ विकेट लिए ।

दाेस्राे पारीमा भारत मात्र १२४ रनमा समेटियाे । भारतले प्रस्तुत गरेको १ सय ३२ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले ३६ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।

पहिलो टेष्ट खेलमा न्युजिल्यान्डले भारतलाई १० विकेटले हराएको थियो । तीन खेलको एकदिवसिय सिरिजमा पनि न्युजिल्यान्डले भारतमाथि क्लिनस्वीप गरेको थियो । पाँच टि ट्वान्टी सिरिज भने भारतले क्लिनस्वीप गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest