न्युजिल्याण्डका एण्डरसन इपीएल खेल्ने

काठमाडौँ किंग्स ११ ले आसन्न इपीएलका लागि न्युजिल्यान्डका अलराउण्डर कोरी एन्डरसन ल्याउने भएको छ ।

इपीएलकालागि काठमाडौँले बिदेशी खेलाडीका रूपमा स्टार खेलाडी ल्याएको हो ।

एन्डरसनले न्युजिल्यान्डको तर्फबाट १३ टेस्ट, ४९ एकदिवसीय र ३१ वटा ट्वान्टी ट्वान्टी खेल खेलेका छन् ।

एन्डरसनले इन्डियन प्रिमिएर लिग र पाकिस्तान सुपर लिग खेलेका छन ।

उनले आईपीएलमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र रोयल च्यालेंजर्स बंगलोरबाट तथा पीएसएलमा लाहोर कलन्दर्सबाट खेलेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest